मदिराले मातेपछि युवती हिंस्रक, केटाको ओँठ टोकेर भुईँमा फत्रक्कै

तपाई मदिराले मातेर लठ्ठ हुनु भएको छ भने केसम्म हुनसक्छ भन्ने जर्मनीको एक पार्टीमा भएको यो घटनाले देखाउँछ । एक युवतीले युवकको तल्लो ओठ टोक्ने मात्र हैन चोक्टा निकालेर जमिनमा थुकिन् । - See more at: घटना केही महिना पहिलेको हो । सेप्टबरमा ‘अक्टोबर फेस्ट’को अबसर पारेर झण्डै ६० लाख मानिस सहभागी हुने गरी भब्य पार्टी आयोजना गरिएको थियो । पार्टीमा सहभागी एक युवक युवती नजिकै जान्छन् र केही भन्छन् । ३० वर्षीया अलास्कन युवतीले २३ वर्षीय अष्ट्रेलियाली युवक खै के कुरामा यति भडि्कइन् कि युवती आफ्नो सिटबाट जुरुक्क उठिन् र युवकलाई कुट्न थालिन् । तर, उनको रिस मरेन । लगतै युवतीले युवकको ओठको तल्लो भागमा बेस्सरी टोकिन् र केही भाग निकोलर जमिनमा थुकिन् । पार्टीमा सहभागीहरुले युवतीलाई रोक्ने प्रयास नगरेका पनि होइनन्, तर सफल भएनन् । घटनापछि युवकलाई ओठको टुक्रासहित अस्पताल लगिएको थियो । अपरेशनपछि उनको ओठ जोडिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.