मोटी किशोरीहरु आफ्नै जीऊडालदेखि डराउँछन्

सुन्दाखेरि अनौठो लाग्न सक्छ । तर, बेलायतमा गरिएको एक अध्ययनले भनेको छ, १३ वर्षको उमेरका अधिकांश किशोरीहरु आफ्नै शरीरदेखि डराउने गर्छन् । विशेष गरी सानो उमेरमै ज्यादा मोटाउने किशोरीहरु त्यसरी आफ्नो शरीरदेखि आत्तिने गरेका हुन् ।
१३ वर्षकी किशोरीका ७ हजार ८२ जना आमा बुबाहरुसँग गरिएको एक सोधपुछ र अध्ययनअनुसार १२ प्रतिशत किशोरीहरु आफ्नो तौल बढ्ने र मोटी हुने कल्पनाले चिन्तित देखिने गरेका छन् । ५२ प्रतिशत किशोरीहरु भने तौल बढ्ने कुराले त्यति चिन्तित देखिँदैनन् । तर, तीनजनामा एकजना किशोरी आफ्नो शरीरको आकार बढेको देखेर त्रशित हुने गरेका छन् ।
बेलायतमा खानपिनका कारण तौल बढ्ने समस्याले करिब १० प्रतिशत किशोरीहरु पीडित रहेको अध्ययनले देखाएको छ । १३ वर्षको उमेरसम्म जब नियमित खानपिनको आदत हुँदैन, यो उमेरका किशोरीहरुको तौल अत्यधीक देखिने गरेको छ । २६ प्रतिशत केटीहरु उपबास लगायतको अनियमित खानपान गर्छन् भने कोचाकोच गरेर खाना खानेहरु दुईवर्षमै मोटाएको बेलायती अध्ययनले देखाएको छ । यस्तो अध्ययन लण्डन यसनिभर्सिटी कलेज तथा हाइजिन एण्ड ट्रपिकल मेडिसिनद्वारा गरिएको हो ।
शोधकर्ताहरुले यसरी हुने मोटोपनबारे अभिभावकहरुले समेत बेलैमा सजग हुनुपर्ने सुझाव दिएका छन् । किशोरीहरुमाथि गरिएको यो अनुसन्धानबारे बीबीसीले समेत समाचार प्रकाशित गरेको छ । नेपालमा पनि किशोर-किशोरीहरुमा यस्तो मोटोपनको समस्या देखिने गरे पनि यसबारे अहिलेसम्म खासै अध्ययन भएको पाइँदैन ।

, , ,

0 comments

Write Down Your Responses

Powered by Blogger.