नेपाल भित्रियो चिनियाँ किङलङ्ग माइक्रो बस

काठमाडौं । चिनिया ब्राण्डको किङलङ्ग माइक्रो बस नेपाली बजारमा भित्रिएको छ । किङलङ्गको नेपालका लागी आधिकारिक बिक्रेता इन्टरनेशनल विजनेस प्रालिले उक्त माइक्रो बस नेपाली बजारमा भित्राएको हो । माइक्रोको आइतबारदेखि नै बिक्री वितरण सुभारम्भ गरिएको छ ।
नेपाली बजारमा एसीयूक्त माइक्रोलाई ३३ लाख ५० हजार रुपैयाँ र नन-एसीलाई ३१ लाख ७५ हजार रुपैयाँ पर्ने बताइएको छ ।
१६ सीट क्षमता रहेको माइक्रोमा इसुजु इञ्जिन प्रयोग गरिएको हुँदा बढी पावर दिने कम्पनीले दाबी गरेको छ । कम्पनीका अनुसार माइक्रो नेपालको भौगोलीक भू-बनोट अनुकुल हुने गरी निर्माण गरिएको छ । आकर्ष डिजाइन, बलियो र भरपर्दो इञ्जिन, गुड प्रफोमेन्स, अत्याधुनिक सर्भिस सेवाका कारण माइक्रो नेपाली बजारमा लोकपि्रय हुने इन्टरनेशनल विजनेस प्रालिका अध्यक्ष राजेशकाजी श्रेष्ठले विश्वास व्यक्त गर्नुभयो ।
विश्वकै ठुलो बस उत्पादक कम्पनीहरुमा गनिने किङलङ्गले ‘नेशनल भेहिकल चाइना टप ब्राण्ड’ तथा ‘फेमाउस ट्रेडमार्क अफ चाइना’ जस्ता महत्वपूर्ण ख्याती प्राप्त गरेको कम्पनीको दाबी छ । कम्पनीका अनुसार किङलङ्गले चीनका महत्वपूर्ण सरकारी सभा, सम्मेलनहरुमा आधिकारिक वाहनको रुपमा समेत पहिचान स्थापित गरेको छ ।
दक्षिण अमेरिका, अफ्रिका, युरोप, अस्ट्रेलिया तथा दक्षिण पूर्वी एसियाली मुलुकहरुमा ख्याती प्राप्त गरेको यस कम्पनीले हाल ८० वटा मुलुकहरुमा आफ्ना उत्पादनहरु निर्यात गर्दै आएको छ ।
इन्टरनेशनल विजनेस प्रालिले क्रिसमस तथा नव वर्षको अवसर पारी देशका विभिन्न शहरहरुमा शुभारम्भ यात्राको आयोजना गर्दै छ । कम्पनीले डिसेम्वर २४ र २५ तारिखमा पोखराको सिटी हलमा, २६ र २७ तारिखमा नारायणघाटमा, ३० र ३१ तारिखमा धनगढीमा तथा जनवरी १ र २ तारिखमा दाङमा, ४ र ५ तारिखमा बुटवलमा प्रवर्द्धनात्मक मेला आयोजना गर्ने जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.