क्रिसमस उपहार– ९ बर्षिय दाईले ५ बर्षिय भाइलाई दिए जीवनदान

क्रिसमस र नयाँ बर्षसँगै उपहार आदानप्रदान ब्यापक हुन्छ । गिफ्टसप ग्राहकले भरिभराउ हुन्छन् । तर कतिपय गिफ्ट यस्ता पनि हुन्छन जो गिफ्टसपमा किन्न पाइदैनन, दिलबाटै दिनुपर्छ ।
हालै एक ९ बर्षिय बालकले आफ्ना ५ बर्षिय भाईलाई क्रिसमस उपहारका रुपमा जीवनदान दिएका छन् । बेलायति पत्रिका डेलिमेलका अनुसार ९ वर्षीय किरन मेरिक्कले ५ बर्षिय भाइ शामलाई बोन म्यारो (हड्डी भित्रको मासु) ट्रान्सप्लानको जीवनरक्षी क्रिसमस उपहार प्रस्ताव गरेका छन् ।

ह्याम्पशायरकी लुईस र पलले आफ्नो छोराको बोन म्यारो ट्रान्सप्लान्टको सम्भावना ८० प्रतिशत रहेको बताएका छन् । चार सन्तानकी आमा पलले भनेकी छिन्–‘हामीले धेरै परिक्षण ग¥यौं । तर, किरणको मात्र १० मा १० मिल्यो । यो सबैभन्दा राम्रो हो ।’ उनका अनुसार सुरुमा किरणले आफ्नो बोन म्यारो दिन मानेका थिएनन् । निकै डराएका थिए । तर, सम्झाएपछि उनी परीक्षणका लागि तयार भए ।
२६ हप्तामै जन्मिएका साम जन्मैदेखि औषधी र चिकित्सकका भरमा बाँचिरहेका छन् । अहिले उनी निकै स्वस्थ हुन थालिसकेका छन् ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.