मनमा शाहरुख

पूर्व मिस श्रीलंका ज्याकलिन फर्नान्डिजले सन् २००९ मा 'अलादिन' बाट बलिउड करिअर सुरु गरेकी थिइन् । त्यही फिल्मबाट उनले आइफा अवार्ड पाइन्, बेस्ट फिमेल डेब्युमा । त्यसयता उनी 'हाउसफुल', 'हाउसफुल-२', 'मर्डर-२' र 'रेस-२' मा देखिइसकेकी छन् ।
मेलबर्नबाट पत्रकारितामा स्नातक गरेर कोलम्बोमा केही समय पत्रकारितासमेत गरेकी यी सुन्दरी यति बेला सलमान खानसँग 'किक' र रणवीर कपुरसँग 'रोय' मा काम गरिरहेकी छन् ।
'दबंग' खान सलमानसँगै काम गरिरहेका बेला रोचक के भने, उनले शाहरुख खानसँग काम गर्ने चाह व्यक्त गरेकी छन् ।
'मेरो विचारमा सलमान र शाहरुखबीच कुनै पनि तुलना हुनै सक्दैन,' २८ वर्षीय पूर्व मोडेलले भनिन्, 'दुवैले आ-आफ्नो हिसाबले महत्त्वपूर्ण स्थान बनाएका छन् । तर म शाहरुखकी सबैभन्दा ठूलो फ्यान हुँ ।'
उनले शाहरुखका 'डर', 'बाजिगर', 'दिलवाले दुल्हनियाँ ले जायेंगे', 'कभी खुशी कभी गम', 'दिल तो पागल है' लगायतको फिल्मको तारिफ गर्दै तिनमा शाहरुखभन्दा अरू कसैले पनि राम्रो अभिनय गर्न नसक्ने ठोकुवा गरिन् । 'यी फिल्ममा शाहरुखले जुन अभिनय गरे,' उनले भनिन्, 'त्यस्तो अरू कसैले पनि गर्न सक्दैन थिए ।' अभिनयको मामिलामा आफू शाहरुखको जबजैस्त फ्यान रहेको भन्दै उनले एक पटक शाहरुखसँगै काम गर्ने इच्छासमेत रहेको खुलाइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.