विराटनगरमा आमाछोरी मृत फेला

५ फागुन, विराटनगर । मोरङको विराटनगर-१९ मा रहेको एक घरमा आमाछोरी मृत फेला परेका छन् ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर-१९ बस्ने २५ वर्षीया गीता भट्टराई र उनकी तीन वर्षीया छोरी पवित्रा भट्टराई सुतिरहेकै अवस्थामा कोठामा मृत अवस्थामा फेला परेका हुन् ।
आमाछोरीको मृत्यु शङ्कास्पद रहेकाले यस सम्बन्धमा अनुसन्धान थालिएको प्रहरी उपरीक्षक विश्वराज पोखरेलले बताए । मृतक भट्टराईका पति रोजगारीका सिलसिलामा विदेशमा छन् । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.