बलिउड फिल्ममा नेपाली नायिका

नेपाली सिनेमामा जम्दै गर्दा एक्कासी बलिउडतर्फ हानिएकी नायिका उषा पौडेलले मुम्बई नगरीमा जम्न खुबै संघर्ष गर्नुपर्‍यो । तर उनले सिरियलमा भने आफूलाई स्थापित गराउन सफल भइन् ।

‘जय जय जय बजंरग बली’, ‘जय शनिदेव’, ‘बिष्णु पुराण’ जस्ता धार्मिक सिरियलमा अभिनय गरेकी उषाले ‘अदालत’, ‘चिन्टु चिंकी और एक बढी सी लभस्टोरी’, ‘फेयर फाइल्स’, ‘तुझसंग पि्रत लगाई सजना’ लगायतका टेलिसिरियलबाट आफूलाई दर्शकमाँझ राम्रैसँग चिनाइन् ।
अब उनै उषाले बलिउडमा पाइला हालेकी छिन् । छायांकनका लागि तयार हुन लागेको बलिउड चलचित्र ‘सुन लड्की’मा उषाले सह-अभिनेत्रीको भूमिकामा अभिनय गर्ने भएकी छिन् । यो सिनेमाबाट उषाले बलिउडमा कस्तो दौड दौडनेछिन् भन्ने देखिनेछ । ‘सुन लड्की’बाट बलिउडमा स्थापित हुनेमा ढुक्क छिन् ‘मुना मदन’ नायिका उषा पौडेल ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.