सपथ खाने भन्दै वामदेव गौतम बालुवाटारमा


एमाले उपाध्यक्ष वामदेव गौतम धापासीस्थित ग्रान्डी हस्पिटलबाट स्थायी कमिटीको बैठक सकेर सीधै प्रधानमन्त्री निवास वालुवाटारतर्फ लागेका छन् । एमाले स्थायी कमिटी बैठकले सबै मन्त्रीहरुको टुंगो लगाउन नसके पनि आजै उपप्रधान तथा गृहमन्त्रीको सपथ ग्रहण गर्ने भन्दै गौतम बालुवाटारतर्फ लागेको एमाले नेताले अनलाइनखबरलाई बताए । आज सपथ ग्रहण गरेपछि गौतमले मंगलबारसम्म आफ्नो पार्टीका तर्फबाट मन्त्रीहरुको टंगो लगाउने बताइएको छ । ‘एमालेका सबै मन्त्रीको नाम आज नटुंगिने भएकाले पहिलो गौतमको सपथ हुन्छ, त्यसपछि भोलिसम्म अरु मन्त्रीको नाम टुंगो लाग्छ ।’ स्रोतले भन्यो । एमाले स्थायी कमिटी बैठकले मापदण्ड तयार पारेर मन्त्रीहरुको टुंगो लगाउने अधिकार गौतमलाई दिएको छ । सपथका लागि एमाले नेता गौतम तयार भए पनि कांग्रेसभित्र मन्त्रीको नाम टुंगो लागिसकेको छैन

0 comments

Write Down Your Responses

Powered by Blogger.