बिरालो समलिङ्गी बनेपछि मालिक्नीले घरबाट निकालिन्

तपाईले मानिसहरु समलिङ्गी भएको त सुन्नु भएकै होला । कोही महिला समलिङ्गी त कोही पुरुष समलिङ्गी । तर, समलिङ्गी बेथा अब मानिसमा मात्र सिमित रहेन् ।
हालै नाइजेरियामा एक भाले बिरालो समलिङ्गी(गे) भएको दावी गर्दै मालिक्नीले उसलाई घर निकाला गरिदिइन् ।
लाफियामा बस्ने एक अधबैंसे महिलाले आफ्ना घरमा रहेको बिरालोले अर्को भाले बिरालोसँग यौन गतिबिधि गरेको आरोप लगाएकी छिन् ।
संचारमाध्यमहरुले जनाएअनुसार सो बिरालोले त्यसक्षेत्रमा रहेका पोथी बिरालोलाई वास्तै गर्दैन् । ‘प्राकृतिक नियमलाई त्यसले चुनौती दियो’ मालिक्नीले भनिन्–‘त्यसैले उसलाई घर निकाला गरिदिएँ ।’
‘मलाई यो बिरालोको केही काम छैन अब’ उनले भनिन– कसैलाई गे बिरालो चाहिन्छ भने लगे हुन्छ ।’ छिमेकीहरु त्यो बिरालो कस्तो रहेछ भनेर हेर्न भीड लागे पनि कसैले उसलाई घर लैजाने हिम्मत नगरेको समाचारमा जनाइएको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.