प्रा. डा. गोविन्द केसीले आमरण अनशन तोडे


सरकारसँगको छबुँदे सहमतिपछि प्रा. डा. गोविन्द केसीले आमरण अनसन तोडेका छन् । मुख्यसचिव लीलामणि पौडेलसहित शिक्षा सचिव र चिकित्सक संघका अध्यक्षको उपस्थितिमा तीन मेडिकल विद्यार्थीले जुस खुवाएर केसीको अनसन तोडाएका हुन् । सरकार र चिकित्सकहरुबीच त्रिवि पदाधिकारीहरुले चार निजी मेडिकल कलेजलाई सम्वन्धन दिन लागेकोबारे छानविन गर्न अख्तियारलाई निर्देशन दिने सहमति भएको छ । यस्तै त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानलाई स्वायत्त बनाउन २१ दिनभित्र त्रिवि सभा बोलाउने लगायतको छबुँदे सहमति भएको छ । प्रा. डा. केसीले त्रिवि पदाधिकारीलाई बर्खास्त गर्न माग गरेपनि प्रधानमन्त्री सुशील कोइरालाले राजनीतिक समिकरणका कारण तत्काल कारवाही गर्न नसक्ने बताएका छन् । १४ दिन लामो आमरन अनशन तोडाउने क्रममा भएको सहमति कार्यान्वयन भएको भन्दै प्रा. डा. केसीले अघिल्लो शनिबार फेरि अनशन थालेका थिए । केसीको अनशनपछि त्रिविले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा वरिष्ठताका आधारमा प्रा. डा. राकेशप्रसाद श्रीवास्तवलाई नियुक्त गरिएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.