के छापियो बिहीबारका दैनिक पत्रिकामा ?

आज मिति २०७० माघ २३ गते बिहीबार । राजधानीबाट प्रकाशित आजका दैनिक पत्रिकाले सत्ताको बाँडफाँड जटिल बन्दै गएको खबरलाई प्राथमिकताकासाथ छापेका छन् ।

कान्तिपुर दैनिकले पहुाचवालालाई मात्र राज्य कोषबाट उपचार खर्च प्राप्त हुने खबरलाई प्राथमिकताका साथ छापेको छ भने अन्नपूर्ण पोस्टले अध्यागमनका कर्मचारीले सामुहिक सरुवा मागेको खबरलाई मुख्य रुपमा छापेको छ ।

एसएसपी खरेलले गुन्डा विरुद्धको अपरेसन सुरु गरेको नयाँ पत्रिकामा मुख्य खबर छ भने सरकारले सैन्य हेलिकोप्टर खरिद कार्यविधि लुकाएको राजधानी दैनिकमा मुख्य खबर छ ।


0 comments

Write Down Your Responses

Powered by Blogger.