यही विमान थियो ४० बर्ष पहिले सुशील कोइरालाले अपहरण गरेको

४ फागुन, काठमाडौं । काठमाडौंबाट पोखरा हुँदै जुम्लाका लागि उडेको नेपाल वायु सेवा निगमको ९ एन-एबीबी ट्वीनअटर विमान आइतबार अपराहृनबाट सम्पर्कविहीन भयो । विमान अर्घाखाँचीको खिदिममा दुर्घटना भएको भनिएको छ, तर, अहिलेसम्म दुर्घटनाग्रस्त बिमान भएको भेटिएको छैन ।
यही ९ एन-एबीबी विमान ४० वर्षपहिले नेपाली कांग्रेसले सशस्त्र संघर्षको क्रममा विराटनगरबाट उड्दा अपहरणमा परेको थियो । संयोग नै मान्नुपर्छ, २०३० साल जेठ ८ गते अपरहणमा परेको विमान अपहरणको योजनाकार सुशील कोइराला आज देशको प्रधानमन्त्री छन् ।
यो विमान ४३ वर्षदेखि नेपाली आकासमा उड्दै आएको छ । क्यानडेली कम्पनीले २०२८ सालमा यो विमान काठमाडौंमा डेलिभरी गरेको थियो ।
अपहरणमा परेका बेला को-पाइलट रहेका श्रीदेव बैद्यको ‘नेपाल साप्ताहिक’मा छापिएको संस्मरणमा भनिएको छ-विराटनगरबाट काठमाडौंका लागि विमान उडेको करिव ५ मिनेटपछि जहाँ ६ हजार फिटको उचाइमा पगेको थियो । काठमाडौंतिर मोडिएपछि विराटनगर स्टेसनलाई सम्पर्क गरेर गुड नाइट भनेपछि फि्रक्वेन्सी अफ गरियो अनि काठमाडौंका लागि सेट गरियो । ठिक त्यसैबेला सर्‍याप्प दुई जना मानिस आए । म कन्ट्रोलमा थिएँ । एउटाले मलाई समायो र अर्कोले कञ्चटमा रिभल्र्वर तेस्र्याउँदै भन्यो, ‘वुझ्नु भो हाइज्याक भनेको यही हो ।’
विमान अपहरण गरेर उनीहरुले भारतको फरवीरगञ्ज पुर्‍याई त्यहाँ रहेको ३० लाख रुपैयाँ भारतीय रुपैयाँ लुटेका थिए । सो रकम राष्ट्रबैंबकले बिराटनगरबाट काठमाण्डौ ल्याउँदै थियो । विमान अपरहणमा संलग्न तीन जना पैसा लिएर गएपछि विमान बिराटनगर आएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.