ब्रह्माण्डमा ब्ल्याक होल छैनः स्टेफेन हकिङ

लन्डन, (एजेन्सी) ‘हामीले परम्परागत रूपमा सोचेको जस्तो ब्ल्याक होलको अस्तित्व रहेनछ।’ –प्रख्यात भौतिकशास्त्री स्टेफेन हकिङले छोटो तर ठूलो परिवर्तनको सम्भावना बोकेको एक शोधपत्रमा उल्लेख गरेका छन्। शास्त्रीय सिद्धान्तले ब्ल्याक होलमा रहेका कुनै प्रकारको ऊर्जा वा सूचनाहरू बाहिर आउन सक्दैन भन्ने गरेको छ तर क्वान्टम फिजिक्सले यस्तो हुन सक्ने बताउँछ।
यो विरोधाभास वर्षौदेखि भौतिकशास्त्रीहरूबीच वादविवादको विषय बनिरहेको छ। ‘ब्ल्याक होलका लागि सूचना संरक्षण तथा मौसम पूर्वानुमान’ विषयको उक्त पत्रमा डा. हकिङले यो विरोधाभाषको एउटा समाधान प्रस्ताव गरेका छन्ः निरन्तर सूचना तथा ऊर्जाहरू निलिरहने बाहेक ब्ल्याक होलले ब्रह्माण्डमा यसलाई हालसम्म नचिनिएको, विकृत स्वरूपमा उत्सर्जन गर्छ।
असीमित घनत्वको केन्द्रको गुरुत्वाकर्षणले तानेपछि प्रकाश पनि बाहिर उम्कन नसक्ने ब्ल्याकहोलमा ब्रह्माण्डका महत्त्वपूर्ण घटनाहरू ‘इभेन्ट होराइजन’ कडा सीमाभित्र सुरक्षित रहेको हुन सक्ने परम्परागत धारणा रहेको छ। भौतिकशास्त्रमा ‘इभेन्ट होराइजन‘ ब्ल्याक होलमा त्यस्तो सीमाभित्र हुने घटनाहरू हुन जसको कुनै प्रकारको अंशले त्यो सीमाबाहिर ब्रह्माण्डलाई असर गर्न सक्दैन। न त त्यसको बाहिर बसेका दर्शकलाई ती घटनाका बारेमा ज्ञात हुन सक्छ। अहिले डा. हकिङले स्थानान्तरण सीमा जुन क्वान्टम असरबाट उतारचढाव भइरहने एपेरेन्ट होराइजनको धारणा अगाडि सारेको छ।
यसको अन्य प्रभाव भनेको, यो नयाँ सिद्धान्तले ब्ल्याकहोलमा प्रवेश गर्ने कुनै पनि अन्तरिक्ष यात्रीले परिणामहरू भोग्नुपर्ने संकेत गरेको छ। क्वान्टम फिजिक्सले ती अभागी अन्तरिक्ष यात्री सघन रेडियोविकिरणको प्रभावमा तत्काल जल्न सक्ने बताउँछ।
सापेक्षतावादको सिद्धान्तले पनि ब्ल्याकहोलको केन्द्रमा नपुर्याएसम्म विस्तारै तान्ने क्रममा ती अन्तरिक्ष यात्री पास्टाजस्तो तन्किन सक्छ। उक्त शोधपत्रको निष्कर्षमा भनिएको छ– ब्ल्याकहोल छैन। यो प्रकाश इन्फिनिटीसम्म मुक्त हुन सक्दैन भन्ने अर्थ हो।
अहिलेसम्म अवलोकन हुन नसकेको हकिङको यो सिद्धान्तलाई अन्य भौतिकशास्त्रीहरूले चुनौती दिइसकेका छन्। ‘कुनै पनि कुरा निस्कन सम्भव नभएको फायरवलको अस्तित्व रहेको ब्ल्याकहोलमा निस्कने कुनै मार्ग भएको अवधारण अझ बढी अनौठो र जटिल भएको छ।’ –बर्केलेका सैद्धान्तिक भौतिकशास्त्री राफेल बोसोले बताए।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

,

0 comments

Write Down Your Responses

Powered by Blogger.