यस्ता शाकाहारी, जसले २५ बर्षदेखि मात्र पिज्जा खाँदै आए

आज भोलि धेरै मानिस माछा-मासुभन्दा शाकाहारी भोजन गर्न रुचाउँछन् । शाकाहारी भन्नासाथ उनीहरुको खानामा मासुको सट्टा साग सब्जी हुन्छ तर, डन यनसनका लागि शाकाहारीको अर्थ पिज्जा मात्र हो । उनी १४ वर्षको उमेरबाट शाकाहारी भएका हुन् । पछिल्लो २५ वर्षमा पिज्जा मात्र खाएका छन् । १४ बर्षको उमेरसम्म माछामासुमै रमाएका ३८ वषर्ीय डनले नैतिक कारणले मासु छोड्ने निर्णय गरेका थिए । तर, उनलाई सागसब्जी मन पर्दैन । त्यसैले उनले पिज्जा रोजे । उनी हरेक दिन १४ इन्चको दुई पिज्जा खान्छन् । उनी भन्छन्-’लामो समयदेखि पिज्जा खाइरहेको छु तर, बोर भएको छैन ।’ पिज्जामा रुची राख्न उनी फरक-फरक ठाउँमा पुगेर विभिन्न स्वादका पिज्जा खान्छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.