भाउजूको हत्या गर्ने देवर पक्राउ


भक्तपुर । सिरुटार गाविस-२ स्थित गाविस भवन नजिकै भाउजूलाई कुटपिट गरी हत्या गरेको आरोपमा देवरलाई प्रहरीले पक्राउ गरेको छ । राजु भनिने तुइन कायस्थले शनिबार साँझ जेठी भाउजू सुनकेशरीलाई आफ्नै कोठामा लगेर कुटपिटपछि छुरा प्रहार गरी फरार भएका थिए । प्रहरीले राजुलाई घर नजिकबाट पक्राउ गरेको महानगरीय प्रहरी वृत्त थिमिले जनाएको छ । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.