परीक्षा नभई प्रश्नपत्र बजारमा


११ चैत, मोरङ । मोरङमा सञ्चालन भइरहेको जिल्लास्तरीय परीक्षा हुनुअघि नै बजारमा प्रश्नपत्र विक्री गरिएकोे छ । मंगलबार दिउँसो १ बजेदेखि सञ्चालन हुने अनिवार्य गणित विषयको प्रश्नपत्र फोटोकपी गरी बाँडिएको थियो । फोटोकपी गरिएका ती प्रश्नपत्र ३ सय रुपैयाँसम्ममा विभिन्न स्थानमा बिक्री गरिएको भेटिएको थियो । जिल्ला शिक्षा अधिकारी योगेन्द्र बरालले गणित विषयको प्रश्नपत्र बजारमा फेला परेकाले त्यसबारे अनुसन्धान भइरहेको बताए । रासस

0 comments

Write Down Your Responses

Powered by Blogger.