लोडसेडिङ विरुद्ध उर्जामन्त्रीलाई १० लाखको हस्ताक्षर बुझाइँदै


२३ फागुन, काठमाडौं । नेकपा एमालेको भातृ संगठन युवासंघ नेपालले लोडसेडिङको विरोधमा १० लाख नागरिकको हस्ताक्षर संकलन गरेको छ । फागुन १८ देखि उपत्यकाका १५ ठाउँबाट संकलन गरिएको हस्ताक्षर शुक्रबार दिउँसो उर्जामन्त्री राधा ज्ञवालीलाई बुझाइने युवा संघका प्रवक्ता प्रभात कटवालले अनलाइनखबरलाई बताए । आफ्नै दलबाट मन्त्री बनेकी ज्ञवालीलाई १० लाख हस्ताक्षर बुझाउन युवासंघले बागबजारबाट र्‍यालीसमेत निकाल्ने जनाएको छ । र्‍यालीसहित मन्त्रालयमा पुगेर मन्त्री ज्ञवालीलाई हस्ताक्षर बुझाउने संघले जनाएको छ । मन्त्रीलाई हस्ताक्षर बुझाएपछि लोडसेडिङ कसरी घटाउन सकिन्छ भन्नेबारे विज्ञहरुसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको संघले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.