एसएमएसबाटै सवारीसाधनको सुरक्षा

२० फागुन, चितवनन । मोबाइल एसएमएसबाटै सवारीसाधनको सुरक्षा गर्न सकिने प्रविधिलाई चितवनमा प्रयोगमा ल्याउन थालिएको छ । सुरक्षा ट्रेडिङ सेन्टर नारायणगढले चितवनमा यस्तो प्रविधि भित्र्याएको हो ।

मोबाइल फोनबाट आफ्नो सवारीसाधनको अवस्था बुझ्न सकिने अत्याधुनिक इलेक्ट्रोनिक प्रणालीको विकास गरिएको ओरियन्टल सेक्युरिटी सर्भिसका प्रबन्ध निर्देशक प्रकाश पौडेलले जानकारी दिए ।
पौडेलले ‘टिआर लक’ उपकरणमार्फत यस्तो जानकारी लिनसकिने बताए । सवारीसाधनमा यस्तो उपकरण जडान गरेपछि सवारी साधन चोरी भएमा मोबाइलमा स्वतः सन्देश (म्यासेज) आउने र त्यही अवस्था अनुसार चोरलाई पक्राउ गर्न सहयोग पुग्नेछ ।
‘टिआर लक’ जडान गरिएको सवारी साधन चोरी भए घरमै बसेर उक्त सवारीसाधन बन्द गर्न सकिने पौडेलको भनाई छ ।
सवारी साधनमा टिआर लक जडान गरिएको छ भने उक्त सवारी हराएको खण्डमा पनि घरमै जानकारी आउने पौडेलले बताए । ‘टिआर लक जडान गरिएको सवारीसाधन अरु कसैले लगेर उच्च गतिमा चलाएको खण्डमा घरमै बसेर आफाैले नियन्त्रण गर्न सकिन्छ’ पौडेलले भने ।
उक्त लकको सहायताले सवारी साधनको अवस्था, सवारीसाधन कुन् स्थानमा छ भन्ने लगायतका सबै जानकारी मोबाइलबाटै लिन सकिनेछ ।
मोटरसाइकल, कार, भ्यान, जिपलगायत जुनसुकै सवारीसाधनमा पनि टिआर लक जडान गर्न सकिने उल्लेख छ । उक्त इलेक्ट्रोनिक प्रणाली चार महिना अगाडि सिङ्गापुरबाट नेपालमा भिर्‍याइएको हो ।
हाल काठमाडौा, वीरगञ्ज, धनगढी, नेपालगञ्जलगायतका ठाउँमा टिआर लकको सुविधा उपलब्ध गराइएकोे पौडेलले जानकारी दिए । नारायणगढमा सुरक्षा ट्रेडिङ सेन्टर खोलिएपछि देशका अन्य स्थानमा पनि चााडै नै यो सुविधा उपलब्ध गराइने बताइएको छ । रासस

,

0 comments

Write Down Your Responses

Powered by Blogger.