४ बर्षकी नानीले सोफा र कार्पेट चपाएर हैरान

मान्छेका आदत पनि अजिव अजिवका हुन्छन् । कतिलाई भित्तामा लगाउने रङ खाने आदत त कतिलाई टिस्यु पेपर । तर, हामी यहाँ कुरा गर्दै छौं एक चार बर्षिय अबोध बालिकाको जसले घरमा रहेका सोफा र कार्पेट खाएर परिवारलाई हैरान पारेकी छिन् ।
तस्विरमा देखिएकी सुन्दर बालिका स्कटल्याण्डको लनर्कसायरकी चरलेट कुक हुन् । यी नानीले खेलाउन दिएका पुतली मात्र हैन, कोठामा रहेको सोफा, कार्पेट र अन्य फेब्रिक सामाग्री खान्छिन् । जसले गर्दा घरका सोफा कुनै पनि सामाग्री सद्दे छैनन् ।


बालिकाको तस्वीरसँगै उनले टोकेर घाइते बनाएका कार्पेट
उनी एक बर्षको हुँदा यसरी सोफा र कार्पेट चपाउन थालेकी थिइन् । यो देखेर उनका बाबुआमा छक्क परे । सुरुमा कोठामा राखेको गलैंचा टोक्न थालेपछि उनकी आमाले स्वास्थ्यकर्मीलाई जानकारी गराएकी थिइन् । स्वास्थ्यकर्मीले गलैंचा कोठाबाट हटाउन सुझाव दिए ।
तर, पनि उनको हर्कत रोकिएन । उनले कार्पेट चपाउन थालिन् । गत अक्टुवरबाट त उनले सोफा पनि छाडिनन् । पछि उनले टीभीको रिमोट र कारको सिट कभरमा समेत आक्रमण गरिन् ।


यी बालिकाले यसो गर्नुमा उनको कुनै दोष छैन, न त उनले हठ प्रस्तुत गरेकै हुन् ।
‘उसका लागि त यो नशा नै भयो, जति सम्झाए पनि उसले मान्नेवाला छैन’ आमाले गुनासो गरिन–‘२ हजार ७ सय पाउण्डको सोफा सवै थोत्रो बनाइदिइ छोरीले ।’
खासमा उनलाई पिका नामको रोग लागेको छ जसले गर्दा उनलाई खाने कुरा भन्दा खान नहुने कुराप्रति आर्कर्षित गराएको छ ।
चिकित्सकहरुका अनुसार सानो उमेरका बालबालिका खासगरि १ देखि ६ बर्षको उमेरकालाई यस्तो समस्या देखिन्छ ।
अहिले डाक्टरहरुले यसको समाधान निकाल्ने कोसिस गरिरहेका छन् । तर, उनका बाबुआमालाई छोरीको कुलतले मृत्युको मुखमा पु¥याउला कि भन्ने चिन्ता छ । उनका बाबुआमाले अहिले यस्तो डरलाग्दो बिमारका बारेमा जनचेतना जगाउन र आफ्नो छोरीलाई सहयोग गर्न अपिल गरेका छन् ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.