पूर्वराजाकी दिदीको घरजग्गा लिलाम बढाबढमा

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्रका दिदी भिनाजुको घरजग्गा लिलामी हुन लागेको छ । पूर्वशाहज्यादी केतकी चेस्टरको नाममा काठमाडौं महानगरपालिका वडा नं ७ मा रहेको ६ रोपनी जग्गा र त्यसमा बनेको घर लिलाम बिक्री हुन लागेको हो ।
विभिन्न व्यवसायमा हात हालेकी केतकीले फाइनाइन्सको ऋण नतिरेका कारण उनलाई कालोसूचीमा राख्ने तयारीसमेत फाइनाइन्स कम्पनीले गरेको छ । पूर्वराजा ज्ञानेन्द्रकी दिदी केतकी, भिनाजु एलेन चेस्टर र केतकीका ससुरा फ्यांक एडगर चेस्टर ऋणी रहेको र उनीहरुले बारम्बार ताकेता गर्दा पनि फाइनाइन्सको ऋण नतिरेकाले उनीहरुलाई कालो सूचीमा समेत राखिने भएको छ ।
स्रोतका अनुसार केतकीको परिवारले विष्णुमति नानक मठगुठीको नाममा दर्ता रहेको जग्गा धीतो राखेर इन्भेष्टमेन्ट फाइनाइन्स कम्पनी लिमिटेडबाट लिएको थियो । मठगुठीको नाममा रहेको सो जग्गा केतकीका नाममा मोही दर्ता रहेको छ । सोही जग्गामा घरसमेत बनाइएको छ । दरबार हत्याकाण्डमा घाइते समेत बनेकी केतकीको परिवार भने उक्त गुठीको जग्गामा नभई काठमाडौं १५ छाउनीमा बस्ने गरेको अवस्थामा उनीहरुले उक्त गुठीको जग्गा फाइनाइन्समा राखेर ऋण लिएका हुन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.