कंगोमा नेपाली शान्ति सैनिकमाथि आक्रमण, ६ घाइते

२० फागुन, काठमाडौं । कंगोमा नेपाली शान्ति सैनिक चढेको गाडीमाथि गृनेड प्रहार भएको छ । आक्रमणमा ६ सैनिक घाइते भएका छन् । घाइते मध्ये दुई जनाको अवस्था गम्भीर छ । सैनिक जनसम्पर्क निर्देशनालयका अनुसार माभिबि विमानस्थल निर्माणको निमित्त लेमोनाइट ल्याउने कार्यको लागि खट्टिएको नेपाली ईन्जिनियरको एस्कर्टका लागि माभिबि सुरक्षा बेशबाट खट्टिएको कन्भोयको पछाडीको गाडीमा मोटरसाइकलमा आएका अज्ञात व्यक्तिहरुले गृनेड प्रहार गरेका थिए । गम्भीर घाइते रहेका दुई जनलाई राष्ट्रसंघको लेभल थ्री हस्पिटल घाना पठाउने तयारी भइरहेको छ भने अन्य घाइतेको गणको हेडक्वाटरमा उपचार भइरहेको छ ।
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला

0 comments

Write Down Your Responses

Powered by Blogger.