अफ्रिकी डान्स सेन्टरमा नेपाली चेली, दिनभर बन्द कोठामा बसेर रातभर नाच्नुपर्ने बाध्यता
केन्या । अनेक तामझाम र औपचारिकताका साथ नेपालसहित विश्वले शनिबार अन्तर्राष्ट्रिय नारी दिवस मनाइरहेका बेला पूर्वी अफि्रकी मुलुकमा नाच्ने कामका लागि पुर्याइएका नेपाली युवतीका बारे भने देशदुनियाँलाई कमै मात्र थाहा छ ।
झापा, बुधबारे घर बताउने २१ वर्षकी
सुस्मिता शर्मा पूर्वी अफि्रकी मुलुक केन्याको राजधानी नैरोवी आइपुगेको ७
दिन मात्रै भयो । झापाको काँकरभिट्टा हुँदै सिलिगुडीबाट कोलकाता र
त्यहाँबाट बिमान चढेर नैरोवी आएकी उनी आएकै साँझबाट पार्कल्यान्डको एउटा
डान्स सेन्टरमा ‘नसोचेको नाचगान’ गर्न पुगिहालिन । केन्याका नैरोवी र
मोम्बासा सहरमा एक दर्जनभन्दा बढी डान्स सेन्टर छन्, जसलाई भारतीय मूलका
स्थानीय सञ्चालकले ‘मुज्रा’ भन्ने गरेका छन्, भलै त्यहाँ परम्परागत बुझाइका
मुज्रा नभई चल्तीका डान्स गरिन्छ ।
अधिकांश डान्स सेन्टरमा नाच्नेहअरु २०
देखि ३५ वर्षभित्रका नेपाली युवती मात्र छन् । ‘अन अराइभल भिसा’ पाइने
केन्या र तान्जानियामा पर्यटक भिसामा तीन महिनाका लागि युवती ल्याएर रातभर
डान्स सेन्टरमा नचाउने र दिनभर कुनै अज्ञात कोठामा थुनेर राख्ने एजेन्टहरु
भारतीय र पाकिस्तानी मूलका रहेको कान्तिपुर दैनिकमा खबर छ ।
‘हाम्रो पासपोर्ट रेस्टुराँ मालिकसँगै छ,
सातामा एक दिन पनि छुट्टी पाइदैन बेलुका ९ बजेदेखि विहान ४ बजेसम्मम नाचेको
चाच्यै गर्नुपर्छ,’ के-वन बिल्डिङमा रहेको एउटा सेन्टरकी २५ वर्षे तामाङ
युवतीले स्टेजमा नाचिरहेका बेला सुनाईन । केन्याको नियममा स्टेजमा रहेका
केटीले ग्राहकको इच्छा र ‘फर्माइस’ अनुसार नाचेर देखाउन सके भने त्यस
केटीमाथि पैसा फ्याँक्न पाइन्छ । तर, थुपि्रएको पैसा तत्कालै वेटरले उठाएरु
मालिकहाँ लगेर बुझाइहाल्छन् ।
डान्स बारमा नाच्ने एक युवतीले भनिन् ‘दाइ
मलाई नराम्ररी फसाइयो । मोबाइल पनि खोसियो, पासपोर्ट पनि साथमा छैन् ।
नेपालबाट मलाई यहाँ पठाउने मान्छे भन्नका लागि मात्रै मेरो लोग्ने हो, अरु
एजेन्टबारे म तपाईलाई यहाँबाट निस्कन सकेँ भने बताउँला ।’
दिनभर अज्ञात स्थलमा राखेर रातभर नाच्न
लगाउने डान्स सेन्टरका सञ्चालक भने युवतीलाई स्वतन्त्र छोड्दा कमाई नहुने
बताउँछन् । सञ्चालक राजन थापा भन्छन्-’काठमाडौंबाट नैरोवीसम्म केटी ल्याउन
कम्तीमा ३ लाख रुपैयाँ त सेटिङमा खर्च गर्छु । पैसा कमाउन गरेको व्यवसायमा
केटीहरुलाई स्वतन्त्र छाडिउदएर कसरी धन्दा चल्छ ?’
भिडियोको लागी यहाँ क्लिक गर्नुहोला
|
0 comments
Write Down Your Responses