तन्नेरी बन्न नियमित सम्भोग
सधै जवान देखिने
चाहना कसलाई पो हुँदैन र ? तर जवानी भन्ने कुरा उमेर चढेसागै ओइलाउँदै
जान्छ । दुनियामा मानिसले जवान देखिनका लागि क्रिम पाउडर देखि लिएर
फेसियलका साथै सर्जरी समेत गराउने गरेका छन् । तर विज्ञहरुका अनुसार यस्ता
कृत्रिम उपायले दीर्घकालीन रुपमा कुनै प्रभाव पार्न सक्दैनन् र त्यसको
प्रभाव केवल अल्पकालिन मात्र हुन्छ ।
वास्तवमा उमेर चढेसँगै बुढ्यौली बढ्दै जानु प्राकृतिक नियम हो । तर कोही
कोही मान्छे युवा उमेरमै पाको उमेरको जस्तो देखिन्छन् । बेलायतका शोधकर्ता
डाक्टर डेभिड विक्सले मानिसमा छिटै आउने बुढोपनालाई कसरी रोक्न सकिन्छ र
तन्नेरीपनालाई कसरी लामो समयसम्म कायम राख्न सकिन्छ भन्ने विषयमा
अनुसन्धान गरेका छन् । उनका अनुसार महिला र पुरुषमा जवानीलाई लम्बाउने
एउटा महत्वपूर्ण उपाय नियमित सम्भोग हो । नियमित सेक्सले युवाअवस्था पार
गरेका महिला र पुरुष दुबै ५ देखि ७ वर्ष कम उमेरको देखिने उनको भनाइ छ ।
उनका अनुसार सहबासका दौरान सरीरबाट निस्कने हर्मोनले बुढ्यौलीलाई कम गर्न
सहयोग पूराउाछ ।
डाक्टर डेभिडले यो शोधका क्रममा १० वर्षसम्म विभिन्न उमेर समूहका हजारौा
महिला तथा पुरुषमा अध्ययन गरे । यस क्रममा उनले ४०-५० वर्ष उमेर समूहका
महिला पुरुषलाई बढि जवान भएको पाए । उनका अनुसार जवान देखिने ती ४०-५०
वर्षे मानिसहरुले हप्तामा कम्तिमा ३ पटक शारीरिक सम्बन्ध राख्थे । डेभिड
भन्छन्, यौन सम्बन्धबाट मिल्ने आनन्द युवावस्थालाई बचाएर राख्ने मुख्य
अस्त्र हो ।
उनका अनुसार सम्भोगका दौरान आउने भावनाको आवेगले व्यक्तिको स्वास्थ्य
कस्तो छ भन्ने कुरा समेत पत्ता लगाउन सकिन्छ । सम्भोगका दौरान भावनाको
आवेग बढि आउने मानिसको हृदयाघात लगायतका समस्याबाट अकालमा ज्यान जाने
सम्भावना ५० प्रतिशतले कम हुने यसअघि भारतमा गरिएको अध्ययनले पनि देखाएको
थियो । नियमित सम्भोग गर्ने मानिस विभिन्न खाले स्वास्थ्य समस्याबाट पीडित
हुने सम्भावना विरलै सहबासमा सहभागी हुने मानिस भन्दा निकै कम हुन्छ ।
0 comments
Write Down Your Responses