सलमानकी हिरोइन ब्याइफ्रेण्डसहित पक्राउ

मुम्बइ । एक मिडिया कन्सलटेन्टलाई धम्कि दिनुको साथै गाली गलौज गरेको अभियोगमा बलिउड अभिनेत्री सना खान, उनको ब्याइफ्रेण्ड इस्माइल खान र घरमा काम गर्ने कामदार समेत पक्राउ परेका छन् । अम्बोली प्रहरी थानाका सिनियर इन्सपेक्टर रमेश खडतरेका अनुुसार ‘मिडिया कन्सल्टेन्ट’ पुनम खन्नाको उजुरीपछि उनीहरु पक्राउ परेका हुन् ।
प्रहरीले पक्राउ गरे लगत्तै तीनै जनालाई अदालतमा पेश गरिएको थियो भने अदालतले धरौटीमा छोड्न आदेश दिएको छ । एउटा पत्रिकामा छापिएको समाचारको विषयमा २१ अक्टुवरमा सना र इस्माइलले पुनमलाई धम्कि दिएका थिए । सलमान खान अभिनित हिन्दी फिल्म ‘जय हो’ मा अभिनय गरेकी सना सन् २०१२ मा रियालीटी शो ‘बिग बोस’मा पनि सहभागी भएकी थिइन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.