छोरी बोल्ड भएपनि फरक पर्दैन : गोबिन्दा

मुम्बइ । अभिनेता गोबिन्दाको अहिले खुसीको पारो बढेको छ । कारण उनले अभिनय गरेको दुई फिल्म ‘किल दिल’ र ‘ह्याप्पी इण्डिङ’ प्रदर्शनको तयारीमा छ । उनको खुसी बढ्नुको अर्को पनि कारण छ- छोरी नर्मदा हिरोइन बन्दैछिन् ।

छोरी हिरोइन बन्दैछिन् । के के सिकाउनु भएको छ ? संवाददाताले सोधेको प्रश्नको जवाफ दिंदै गोबिन्दाले भने ‘मेरी छोरी निकै समझदार छिन्, उनलाई मैले केही पनि सिकाइरहन पर्दैन ।’
आफ्नी छोरीलाई तेज दिमागवाली भन्ने गोबिन्दाले पर्दामा छोरी बोल्ड भएर प्रस्तुत भएपनि कुनै आपत्ति नहुने बताए । ‘अहिलेको छोरीहरुलाई मैले यस्तो लाउ, यस्तो नलाउ भन्न मिल्दैन । उनीहरु जे गर्छन् सोचेर गर्छन, त्यसकारण मलाइ कुनै डर छैन ।’ उनले छोरीप्रतिको भरोसा दर्साए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.