समलिंगी साँढेलाई मृत्युदण्डको सजायँ

गार्इलाई गर्भिणी बनाउन इच्छा नदेखाएको आरोपमा एउटा साँढेले मृत्युदण्डको सजायँ पाएको छ । सुन्दैमा अचम्म लाग्छ । तर आयरल्याण्डमा एउटा समलिंगी साँढेले गार्इहरुसँग सम्भोगका लागि रुची नदेखाएको आरोपमा उसलाई काटिँदैछ ।
आयरल्याण्डको मायो काउन्टीमा रहेको गार्इ फार्ममा गार्इलाई गर्भाधानको लागि किनिएको बेन्जी नामको उक्त साँढेले बहर खोजेका गार्इसँग सम्भोग गर्नुको साटो अन्य साँढेकै बुइ चढ्न थालेपछि उसले यस्तो कठोर दण्ड पाउने भएको हो ।
उक्त बहरलाई किनेर ल्याएको एक वर्ष बितिसक्दा पनि ऊसँग सहवास गराइएका कुनैपनि गार्इ गर्भिणी बन्न नसकेपछि गार्इ फार्मका संचालक निकै निरास बनेका थिए ।
गार्इ फाराममा सामूहिक रुपमा गार्इलाई गर्भिणी बनाउन असजिलो मानेर पो हो की भनेर फार्म संचालकले उसलाई हरेक गार्इसँग छुट्टाछुट्टै समेत बसाले । तर उसले त्यति गर्दा पनि गार्इमा रुची देखाएन र अरु साँढेहरुलाई नै लखेट्न थाल्यो ।
उक्त साँढेको कुनै यौनिक समस्या रहेको छ की ? भनेर उनले भेटेरनरीमा लगेर जँचाउँदा पनि उसको शुक्रकिटमा कुनै समस्या देखिएन ।
अन्तत: त्यो साँढे समलिंगी रहेको र उसमा गार्इप्रति कुनै लगाव नरहेको तथा उल्टै साँढेप्रति आकर्षित हुने गरेको ठम्याइमा पुगे उनी ।
त्यसपछि उक्त साँढेलाई बधशालामा दिने निधो गरे । त्यो साँढेको साटो अर्को साँढे ल्याएपछि गार्इ फार्मका गार्इहरु एकपछि अर्को गर्दै भटाभट गर्भिणी हुन थालेका छन् ।
अब उक्त समलिंगी साँढेलाई बधशालाले काटेर मासु बिक्री गर्नेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.