यी हुन् संसारकै कान्छी अर्बपति, कति छ सम्पत्ति ?


एजेन्सी । पढाई बिचमै छाडेर काम सुरु गरेकी ३० वर्षीय एलिजावेथ होल्म अमेरिकाकी कान्छी अर्बपति हुन् । स्वास्थ्य क्षेत्रमा पैसा कमाउने सम्भावना देखेपछि १९ वर्षमै उनले कलेज छोडेर काम सुरु गरिन् । उनलाई कम्पनी स्थापना गर्न पैसा जम्मा गर्नु थियो । त्यतिबेलैदेखि उनले रगत परीक्षणको सहज प्रणालीबारे प्रविधि विकासका लागि काम थालेकी हुन् । अहिले उनी अर्बपनिको सूचीमा छन् । ‘सबैसँग नयाँ र राम्रा आइडिया हुन्छन्, ’ उनी भन्छिन्, ‘मैले आफूसँग भएको आइडियालाई अलि छिट्टै प्रयोग गरे । उनले आफ्नो कम्पनी ‘थेरानोज’ लाई अत्याधुनिक र अझै उचाईमा पुर्‍याउने सोच राखेकी छन् ।
सन् १९८४ मा वासिङ्टनमा जन्मिएकी एलिजावेथले आफ्नो टिनएज चीनमा बिताएकी हुन् । १९ वर्षको उमेरमा रियल टाइम क्योर नामक कम्पनी खोलेकी थिइन् । जसलाई पनि थोरानोजमा परिवर्तन गरिएको हो । उनको कम्पनीले ५ सय भन्दा बढीलाई रोजगारी दिएको छ । कम्पनीको मूल्य अहिले ९ अर्ब डलरभन्दा बढी छ । फोब्र्सका अनुसार उनको आफ्नो कुल सम्पती ४ अर्ब ५० करोड डलर रहेको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.