कति उमेरमा सेक्स बढि मज्जा ? यौनक्रियालाई भरपूर सुखी र आनन्ददायी बनाउन के गर्ने, सहयोगी चाह यो टिप्स !

एजेन्सी । यौन आफैँमा प्राकृतिक क्रियाकलाप हो । जिन्दगीका सन्तुष्टि र आनन्दप्राप्तिमा यौनजीवनले पनि प्रभाव पार्छ । यौन सक्रियताविनाको जीवन नीरस मानिन्छ । सामान्यतया कुरकुरे बैँश अर्थात् किशोरावस्थाको समयमा मान्छे सेक्सको विषयमा सबैभन्दा धेरै उत्सुक हुन्छ र त्यस्तो कौतुहलताको उमेरमा गरिने सेक्समा उसले सबैभन्दा धेरै सन्तुष्टी पाउँछ होला भन्ने आमधारणा छ । तर यो धारणा सही ठहरिएन । पछिल्लोपटक गरिएको एक अध्ययनले महिलाहरुको हकमा २८ वर्षको उमेरमा गरिने सेक्स सबैभन्दा आनन्ददायक हुने 


देखाएको छ । तर पुरुषको हकमा भने सेक्समा सबैभन्दा धेरै मज्जा लिने उमेर ३३ वर्ष रहेको बताइएको छ ।
सेक्सुयल एक्सपर्टहरूका अनुसार यौन समस्या तनसित नभएर मनसित जोडिएको हुन्छ जबसम्म मन त्यसका लागि तयार हुँदैन, व्यक्तिको शरीरले पनि सेक्सका लागि इच्छा प्रकट गर्दैन। यी सबका बावजुद यदि स्वास्थ्य ठीक छैन भने पनि यौन जीवन प्रभावित हुन्छ। स्वस्थ रहने दिशामा पहिलो पाइला हो- नियमित शारीरिक अभ्यास। एक्सरसाइज गर्नाले कार्डियोभ स्कुलर हेल्थ, वेटल्स, क्यान्सरको सम्भावनामा पनि कमी आउँछ भने ब्लडप्रेसर र डाइबिटिज जस्ता बिमारी पनि नियन्त्रणमा रहन्छ। एक्सरसाइज यौन जीवनलाई आनन्द दायक बनाउन सहयोगी हुन्छ। कुनै पनि प्रकारको फिजिकल एक्टिभिटीले शरीरको विभिन्न भागमा रक्तप्रवाह सुचारु गर्छ। यसबाट धेरै हदसम्म इरेक्सनको समस्यामा कमी आउँछ। अनुसन्धानहरूअनुसार लगातारको एक्सरसाइजले सेक्सुअल लाइफमा मनोवैज्ञानिक फाइदा पनि प्राप्त हुन्छ। जो एक्सरसाइज गर्छन्, उनीहरू आफूलाई स्फूर्त महसुस गर्छन्। उनीहरूको आत्मविश्वास बढ्छ र उनीहरू श्ाारीरिक रुपबाट पनि आकर्षक देखिन्छन् भने यौनलाई बढी इन्ज्वाइ पनि गर्छन्।
महिलाहरुले २८ वर्षको उमेरमा सेक्सबाट सबैभन्दा धेरै आनन्द लिने भएपनि उनीहरु २५ वर्षको उमेरमा सेक्सको मामिलामा धेरै सक्रिय हुन्छन् । त्यस्तै महिलाहरुले औषतमा १७ वर्षको उमेरमा आफ्नो कुमारित्व गुमाउने गरेका छन् । यस्तै पुरुषहरुको हकमा औषतमा १८ वर्षको उमेरमा उनीहरुको भर्जिनिटी तोडिने र २९ वर्षको उमेरमा सेक्सको मामिलामा सबैभन्दा बढि सक्रिय हुने अध्ययनको निष्कर्ष छ । अनलाइन मार्फत गरिएको यो अध्ययन एक यौन खेलौना उत्पादक कम्पनीले गरेको हो । यसअघिको अर्को अध्ययनले भने पुरुषले १८ वर्ष तथा महिलाले ३० वर्षको उमेरमा सेक्समा सबैभन्दा धेरै मज्जा लिने निष्कर्ष निकालेको थियो ।

यौनक्रियालाई भरपूर सुखी र आनन्ददायी बनाउन के गर्ने
यौनक्रियालाई भरपूर सुखी र आनन्ददायी बनाउन सही भोजनको आवश्यकता पर्छ । मानव शरीर जुन अवयवबाट बनेको हुन्छ त्यसमा अनेक धातु र खनिज पदार्थ हुन्छन् । त्यो बराबर व्यय भइरहन्छ र भोजनमा ती पदार्थको कमीले यौनलाई प्रभावित गर्छ । यसर्थ, भोजनमा अनेक धातु र खनिज पदार्थहरूको कमी हटाउनुपर्ने हुन्छ ।

यौन सुखबाट वञ्चित नहुन यौनऊर्जा बढाउने भोजन चाहिन्छ । तैलीय खाद्य कुराभन्दा अंकुरित अन्न बढी पौष्टिक हुने गर्छ । अनि अंकुरित अन्नबाट यौन हार्मोन सहज रूपमा प्रभावित हुन्छन् । सेचुरेटेड खाना खाने दम्पतीले यौन संसर्गमा भरपूर आनन्दको अनुभव गर्न सक्दैनन् । त्यसैले भोजनमा घिउ, रेड मिट, सेलफिस, लोवस्टर एवं नरिबलको तेल आदि प्रयोग गर्नुहुँदैन । माछा, मासु पनि स्टिम गरेर खाँदा राम्रो हुन्छ ।
हामीले खाने आहारमा यौन हार्मोनलाई प्रभाव पार्ने अनेकन तत्त्व हुन्छन् । स्वस्थ र सुमधुर यौन संसर्गका लागि फलफूल र हरिया सागसब्जीको प्रचुर सेवन आवश्यक छ ।

यस्ता पदार्थले कोलेस्ट्रोललाई नियन्त्रणमा राख्छन् । अंकुरित अन्नमा भिटामिन ‘ई’ हुन्छ । त्यसमा हुने पोटासियमले तनाव हटाउनुका साथै वीर्य पनि बढाउँछ । आफ्नो उमेरअनुरूपको खानपान वा पौष्टिक आहार ग्रहण गरेमा यौनऊर्जामा उल्लेख्य वृद्धि हुन्छ । मानिसको उमेर जति ढल्कँदै गयो त्यति नै सेक्स पावरमा कमी आउँछ । ३० वर्ष काटेका स्त्री–पुरुषले सकेसम्म कम नुन सेवन गर्नुपर्छ भने चिल्लो एवं गुलियो पदार्थ पनि कमै खाँदा राम्रो । व्यस्त दैनिकीको प्रभावले गर्दा भोजनको व्यवस्थापन र सन्तुलनमा हाम्रो ध्यान जान नसकेको हुन सक्छ । यौनजीवनलाई नै प्रभावित पार्ने यस्ता कुरामा चनाखो हुन जरुरी छ

अश्लील किताब र अधबैँशे महिला
पछिल्लोपटक गरिएको एक अध्ययनले अधबैँशे उमेरका महिलाहरुले सेक्स सम्बन्धी पुस्तक पढ्न रुचाउने तथ्य फेला पारेको छ । बेलायतमा गरिएको अध्ययनले यस्तो देखाएको हो । ४५ देखि ६० वर्ष उमेर समूहका झण्डै २ हजार महिलामा गरिएको अध्ययनका क्रममा दुइ तिहाइ महिलाले यौन सम्बन्धि विभिन्न अश्लिल सन्दर्भहरु राखिएका उपन्यास पढ्न रुचाउने गरेको पाइयो भने आधा भन्दा बढि महिलाले किताबमा हुने सेक्स सम्बन्धि विषय आनन्ददायक हुने धारणा राखे । त्यस्तै १० प्रतिशत महिलाले आफुले सक्रिय रुपले सेक्स सम्बन्धिका पुस्तकहरु खोजी खोजी पढ्ने गरेको बताएका छन् । अध्ययनका क्रममा ३३ प्रतिशत महिलाले अपराध सम्बन्धिका उपन्यासहरु पढ्न मन पराउने बताए ।

सुखद यौनका लागि टिप्स
सेक्सुयल एक्सपर्टहरूका अनुसार यौन समस्या तनसित नभएर मनसित जोडिएको हुन्छ जबसम्म मन त्यसका लागि तयार हुँदैन, व्यक्तिको शरीरले पनि सेक्सका लागि इच्छा प्रकट गर्दैन। यी सबका बावजुद यदि स्वास्थ्य ठीक छैन भने पनि यौन जीवन प्रभावित हुन्छ। स्वस्थ रहने दिशामा पहिलो पाइला हो- नियमित शारीरिक अभ्यास। एक्सरसाइज गर्नाले कार्डियोभ स्कुलर हेल्थ, वेटल्स, क्यान्सरको सम्भावनामा पनि कमी आउँछ भने ब्लडप्रेसर र डाइबिटिज जस्ता बिमारी पनि नियन्त्रणमा रहन्छ।

 एक्सरसाइज यौन जीवनलाई आनन्द दायक बनाउन सहयोगी हुन्छ। कुनै पनि प्रकारको फिजिकल एक्टिभिटीले शरीरको विभिन्न भागमा रक्तप्रवाह सुचारु गर्छ। यसबाट धेरै हदसम्म इरेक्सनको समस्यामा कमी आउँछ। अनुसन्धानहरूअनुसार लगातारको एक्सरसाइजले सेक्सुअल लाइफमा मनोवैज्ञानिक फाइदा पनि प्राप्त हुन्छ। जो एक्सरसाइज गर्छन्, उनीहरू आफूलाई स्फूर्त महसुस गर्छन्। उनीहरूको आत्मविश्वास बढ्छ र उनीहरू श्ाारीरिक रुपबाट पनि आकर्षक देखिन्छन् भने यौनलाई बढी इन्ज्वाइ पनि गर्छन्।

चिकित्सकहरूका अनुसार सेक्सले शरीरमा एक प्रकारको रसायन निर्माण गर्छ, जसले गम्भीर बिमारीबाट बचाउन मद्दत गर्छ। यति मात्र नभई, फिजिकल एक्सरसाइजले तनावबाट पनि छुटकारा प्राप्त हुन्छ, यसले थकानबाट जोगाउँछ र सेक्सप्रतिको अरुचि समाप्त पार्छ। त्यसो त हरेक एक्सरसाइज फाइदाजनक हुन्छन्। यद्यपि एरोबिकले हार्मोनलाई सन्तुलित राख्छ, तनावबाट छुटकारा प्राप्त गर्न मद्दत गर्छ र सम्पूर्ण शरीरमा स्फूर्ति र ताजापन सञ्चार हुन्छ। यसबाट बढी आत्मविश्वास र एनर्जी पाइन्छ। वाकिङ र जगिङ गरेर पनि आफ्नो हेल्थ मेन्टेन गर्न सकिन्छ।

स्वास्थ्यलाई सन्तुलित राख्न सन्तुलित र पौष्टिक आहारलाई आफ्नो नियमित भोजनमा समावेश गर्नु नितान्त आवश्यक छ, जब हेल्दी डाइट ग्रहण गरिन्छ तब शरीर पनि हेल्दी हुन्छ। सेचुरेटेड फ्याट भएको खाद्य सामग्रीलाई आफ्नो आहारमा समावेश गर्ने गल्ती गर्नुहुँदैन। यसबाट हार्टअटेकको खतरा बढ्नुका साथै रक्तप्रवाहमा पनि बाधा उत्पन्न हुन्छ। डाइटिसियनहरूका अनुसार मौसमी फल एवं सब्जी खानुका साथै जुस पनि सेवन गर्नुपर्छ। तैलीय खाद्यपदार्थ एवं जंक फुडबाट टाढै रहनुपर्छ। यिनको सेवनले शरीरमा शिथिलता उत्पन्न हुन्छ र काम गर्न त टाढाको कुरा प्रेम गर्न पनि मन लाग्दैन। यस्तो पदार्थ खानुपर्छ जसमा भरपुर मात्रामा फाइबर हुन्छ। आफ्नो शरीरलाई फिट राख्न धेरै नुन सेवन गर्नुहुँदैन। दिनमा कमसेकम ८-१० गिलास पानी पिउनुपर्छ, हेल्थ मेन्टन गर्न भिटामिन, मिनरल वा प्रोटिनका औषधि वा गोलीहरू खानुभन्दा ताजा फलफुल खानु राम्रो हुन्छ।

यौनजीवनलाई प्रभावित गर्ने बिमारी

मोटोपनः मोटोपनले सुखद् यौन जीवनमा नकारात्मक प्रभाव पार्छ। यो कुरा बुझ्न सके अनेकन बिमारीबाट बच्न सकिन्छ। मोटो व्यक्ति चाँडै थाक्छ र सेक्सको पर्याप्त आनन्द अनुभव गर्न सक्दैन। मोटा मानिसहरूको सास फुल्छ र पसिना आउन थाल्छ। यस्तो स्थितिमा आफ्नो शरीरको आकारका सम्बन्धमा पनि हिनता उत्पन्न हुन्छ भने उनीहरू सम्बन्ध स्थापित गर्न हिच्किचाउँछन्।

कम्मर पीडाः यो एउटा आम समस्या हो, विशेषगरी महिलाहरूमा उत्तेजनामा गलत पोस्चरका कारण कम्मरको पीडा अझ बढ्छ। अतः कम्मरको पीडालाई यौनजीवनको आनन्दमा बाधा बन्न नदिनु राम्रो हुन्छ। यदि श्रीमान्लाई यस्तो समस्या छ भने श्रीमतीले टप पोजिसन लिन सक्छिन्। यसबाट पोजिसन परिवर्तनको आनन्द पनि प्राप्त हुन्छ।

डाइबिटिजः डाइबिटिजबाट यौन इच्छा र आनन्द दुवैमा नकारात्मक प्रभाव पर्छ। यसका कारण शरीरमा कमजोरी आउँछ र थकान वृद्धि हुन्छ। जो इन्सुलिन लिन्छन्, कैंयनपटक सेक्सका बेला उत्तेजित हुँदा पोग्लेसेमियाको सिकार बन्छ। यसमा सेक्सका बेला रिङ्गटा लाग्नुका साथै कम्पन महसुस हुन्छ र धड्कन तीव्र हुन पुग्छ। जसले यौन आनन्दबाट वञ्चित तुल्याउँछ ।

, ,

0 comments

Write Down Your Responses

Powered by Blogger.