पहिलो पटक सम्भोग गर्ने को ? थाहा पाउनुस् रोचक तथ्य

लण्डन– पहिलोपटक कसले र कुन जीवले सम्भोग गर्यो भन्ने कुराको वैज्ञानिकहरुले पत्ता लगाएका छन् । ‘नेचर’ नामक शोधपत्रमा प्रकाशित एक अनुसन्धात्मक आलेखका अनुसार माइक्रोब्रेसियस डिकी नामको एक




माछाले पहिलोपटक सम्भोग गरेको थियो । सम्भोग बिनानै अण्डा उत्पादन गर्ने यो माछाले अण्डा दिन बन्द गरी सम्भोगको माध्यमबाट प्रजनन सुरु गरेको थियो । करिब ८ सेन्टिमिटर लामो यो माछा तीन लाख आठ सय ५० लाख वर्ष पहिलेको भएको बताइएको छ । उक्त माछा पाइने ठाउँ अहिलेको स्कटल्याण्डमा पर्छ । शोधपत्रका प्रमुख लेखक अस्ट्रेलियाका फिलन्डर्स विश्वविद्यालयका प्रोफेसर जोन लागका अनुसार माछाबाट सुरु भएको सम्भोग लामो समयसम्म भने चलेन । माछाको विकस बढ्दै गएपछि माछा प्रजननका लागि पुनः अण्डा उत्पादनमा नै फर्कियो । माछालाई सम्भोगको चरणमा फर्कन फेरि लाखौँ वर्ष लागेको बताइएको छ । सार्क र रे माछाका पूर्वजमा यस्तो संकेत देखिन्छ । (एजेन्सी) 

,

0 comments

Write Down Your Responses

Powered by Blogger.