तपाइको आजको राशिफल

वि.सं. २०७२ साल साउन २१ गते। बिहीबार। इश्वी सन् २०१५ अगस्ट ६ तारिख। शकसंवत् १९३७। कीलक संवत्सर। दक्षिणायन। वर्षा ऋतु। नेपाल संवत् ११३५ दिल्लागा। श्रावण कृष्णपक्ष। तिथि– सप्तमी, २४:४० बजेउप्रान्त अष्टमी। नक्षत्र– अश्विनी, २४:३६ बजेउप्रान्त भरणी। योग– शूल २०:१८ बजेउप्रान्त गण्ड। करण– भद्रा, १३:४७ बजेदेखि वव, २४:४० बजेउप्रान्त वालव। आनन्दादिमा मानस योग। चन्द्रराशि– मेष। काठमाडौंमा सूर्योदय– ०५:३० बजे, सूर्यास्त– १८:४८ बजे र दिनमान ३३ घडी १५ पला।

मेष - चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)
Ariesपारिवारिक जमघटका बीच विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ। स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। प्रतिष्ठित काम गर्ने मौका छ। आत्म–विश्वास बढ्नेछ। पठनपाठनमा प्रगति हुनेछ। रोकिएका काम बन्ने र नयाँ काम पाइने योग छ। विभिन्न अवसर आए पनि भेटघाटमा अलमलिनाले कामलाई बाधा पुग्नेछ। स्वास्थ्यका लागि खानपानमा सचेत रहनुपर्ने बेला छ।
बृष - इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)
Taurusफाइदाका पछि लाग्दा छर–छिमेकमा भने असमझदारी बढ्न सक्छ। काममा लगानीको समय छ। विदेश भ्रमणका लागि प्रयत्न गर्ने समय छ। वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ। घरखर्चको मात्रा बढ्नेछ। समयमा होस नपुग्नाले केही चुनौती झेल्नुपर्ला। बनिसकेको काम बिग्रन सक्छ, सचेत रहनुहोस्। होसियारीसाथ काम लिनुपर्ने समय छ।
मिथुन - का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)
Geminiआम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। गरेका कामबाट प्रशस्त लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ। पढाइमा प्रगति हुनेछ। आयआर्जन बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा कम भए पनि व्यापारमा प्रशस्त फाइदा हुने योग छ। पितृधनको उपयोगबाट विशेष फाइदा उठाउन सकिनेछ।
कर्कट - हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)
Cancerआफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक कामको दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापारमा प्रशस्त फाइदा हुनेछ। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ।
सिंह - मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)
Leoसामाजिक उत्तरदायित्व वहन गर्ने समय छ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। धार्मिक तथा परोपकारजन्य क्रियाकलापबाट प्रतिष्ठा पाइनेछ। तर, शारीरिक अस्वस्थता सम्भावना छ। सानातिना काममा महत्वपूर्ण समय बित्नेछ। र, सहयोगीहरूले साथ दिए पनि काम पूरा नहुन सक्छ। ठूलो सहयोगको आशा देखाउनेहरूले धोका दिन सक्छन्।
कन्या - टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)
Virgoकाममा केही चुनौती देखिए पनि प्रयत्न गर्दा समयको सदुपयोग हुनेछ। धेरैले सहयोगका लागि तत्परता देखाउनेछन्। गोप्य रहस्य पत्ता लगाउन सकिनेछ। नसोचेको धन लाभ हुन सक्छ। तर, सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने समय छ। स्वास्थ्यमा पनि अलि कमजोरी अनुभूति हुनेछ, इष्टदेवको पूजा–उपासना गर्दा फाइदा होला।
तुला - र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)
Libraरमाइलो क्षणमा अचानक खिन्नता बढ्ने समय छ। सोचेको लाभ नमिल्न सक्छ। केही अप्ठ्यारा परिस्थितिको सामना गर्नुपर्ला। आफन्तसँग असमझदारी बढ्न सक्छ। बाध्यतामा अलमलिनुपर्ला। पतिपत्नीमा पनि अविश्वास बढ्ने योग छ। सामान्य आम्दानी भइरहनेछ। व्यवसायमा फाइदै हुनेछ। यात्रामा धनमाल हराउन सक्छ, सचेत रहनुहोला।
बृश्चिक - तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)
Scorpioप्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्ने समय छ। मुद्दा–मामिलामा पनि विजयी भइनेछ। व्यापार तथा उद्योगतर्फ लाभ नै छ। प्रतिस्पर्धीहरूले अप्ठ्यारोमा पार्ने प्रयास गर्नेछन्। अधिकारका लागि केही संघर्ष हुन सक्छ। तापनि, भाग्यले अरूको हातमा गइसकेको धनसमेत फिर्ता दिलाउनेछ।
धनु - ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)
Sagittariusअप्रिय समाचारले मन खिन्न रहला। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। खानपानको असावधानीले स्वास्थ्य समेत कमजोर बन्ने देखिन्छ। पढाइलेखाइमा समय दिन नसकिएला। व्यावसायिक काममा पनि त्यत्ति फाइदा नहोला। काममा अवरोध आउन सक्छ। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोगले फाइदा होला।
मकर - भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)
Capricornबेसुरमा वचन दिने बानीले दुःख पाइनेछ। विगतका निर्णयले काम बिग्रन सक्छ। मान्यजनको सुझावप्रति विश्वास नलाग्न सक्छ। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्दा फाइदा हुनेछ। काममा परिवारजनको सहयोग जुटाउन सक्दा फाइदा होला। पशुधन र जमिनबाट सामान्य लाभ मिल्नेछ। मातृशक्तिबाट पनि लाभ उठाउन सकिनेछ।
कुम्भ - गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)
Aquariusअनुकूल समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन्। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु र प्रतिस्पर्धीलाई सजिलै हराउन सकिनेछ। गरिएका कर्मको उचित प्रतिफल पाइनेछ। कृषि–चौपायामा पनि फाइदै होला। प्रशस्त धन आर्जन गर्ने मौका छ। बिनाप्रतिस्पर्धा फाइदा उठाउन सकिनेछ।
मीन - दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)
Piscesबोलीको गलत अर्थ लाग्नाले मान–सम्मानमा पनि आघात पुग्न सक्छ। विचार सम्प्रेषण गर्न केही समय पर्खनु बुद्धिमानी हुनेछ। तापनि, सहयोगीहरूले काममा साथ दिनेछन्। बिस्तारै फाइदा उठाउन सकिने योग छ। विगतमा सम्पादित कामबाट राम्रै लाभ हुनेछ। पठन–पाठनमा बिस्तारै प्रगति हुनेछ। अनावश्यक वादविवादबाट टाढै रहनुहोला।

0 comments

Write Down Your Responses

Powered by Blogger.