दुम्सी मार्न खोज्दा निसास्सिएर दुई जनाको मृत्यु

घोराही । दाङको देउखुरीमा दुम्सी मार्न ओढार भित्र छिरेका दुई जनाको निसास्सिएर मृत्यु भएको छ । देउखुरीको राजपुर गाविस ७ सालभौरीको जंगलमा दुम्सी मार्नका लागि ओढारमा छिरेका सोही ठाउँमा २४ वर्षीय कुलराज चौधरी र ३८ वर्षीय दुखराम चौधरीको निसास्सीएर मृत्यु भएको हो ।
शनिबार बेलुका सात बजे दुम्सी मार्नका लागि कपडा र खरमा आगो बालेर उनीहरु ओढार भित्र छिरेका थिए । उनीहरु बाहिर नआएपछि आईतबार खोज्दा करिब ४० फिट लामो ओढार भित्रै दुबैजना मृत अबस्थामा फेला परेको दाङका प्रहरी प्रमुख कुबेर कडायतले जानकारी दिए ।
कडायतले ओढार भित्र अक्सिजनको मात्रा कम भएर उनीहरुको मृत्यु भएको हुनसक्ने बताए ।
कुलराज र दुखरामसँगै ओढारमा छिरेका अन्य तीन जना युवाहरु भने सास फेर्न अप्ठेरो भएपछि बाहिर निस्कीएका थिए ।

0 comments

Write Down Your Responses

Powered by Blogger.