लाइसेन्स चेक गर्न बसेका प्रहरीलाई युवतीले चप्पल निकालेर हानेपछि रत्ननगर खैलाबैला

रत्ननगर १५ साउन ।
छड्के चेकजाँच गर्न बसेका प्रहरीलाई पूर्वी चितवनको टाँडीमा एक युवतीले चप्पलले हानेकी छिन् । रत्ननगर नगरपालिका स्थित टाँडीबजारमा चेकजाचको क्रममा प्रहरीलाई चप्पले हानेकी हुन् । तीनजना युवतीहरु स्कुटरमा चढेर यात्रा गर्दै गरेको अवस्थामा प्रहरीले लाइसेन्स मागेका थिए । लाइसेन्स मागेका प्रहरीले लाइसेन्सका साटो खुट्टाको चप्पल पाए । आक्रोषित हुँदै युवतीले प्रहरीलाई अभद्र व्यवहार गर्दै चप्पले हिर्काएका हुन् । प्रहरीलाई चप्पल हान्ने युवती सहित मोटरसाइकलमा सवार तीनैजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय टाँडीका अनुसार चप्पलले हान्ने महिलाको विषयमा थप अनुसन्धान भइरहेको छ । टाँडीका प्रहरी प्रमुख टिकावहादुर कार्कीका अनुसार प्रहरीलाई चप्पल हान्ने युवतीलाई कावार्हीको दायरामा ल्याइसकिएको छ । उनीहरु चढेको स्कुटर समेत प्रहरीले नियन्त्रणमा लिएको छ । घटना स्थलमा युवतीहरुलाई नियन्त्रणमा लिन हम्मे हम्मे परेको थियो । भ्यानमा आएको प्रहरी टोलीले स्कुटरको चावी लिन खोज्दा २० मिनेट सम्म सो क्षेत्रमा तनाव सृजना भएको स्थानीयले जानकारी दिए ।
source:narayaniserofero

0 comments

Write Down Your Responses

Powered by Blogger.