शाहरुख खानमाथिको प्रतिबन्ध फुकुवा

शाहरुख खानमाथिको प्रतिबन्ध फुकुवा

एजेन्सी |२०७२ साउन १७ आईतवार2971 पटक पढिएको
फोटो :एजेन्सी
एजेन्सी : बलिउडका सुपरस्टर शाहरुख खानमाथि मुम्बर्इको वानखेडे क्रिकेट मैदान प्रवेशमा लागेको प्रतिबन्ध आइतबारबाट हटेको छ ।

मुम्बई क्रिकेट एसोसिएसनले उनीमाथि वानखेडेमा प्रवेश गर्न लगाएको रोक फुकुवा गरेको हो । शाहरुख आईपीएल फ्रेन्चाइजी कोलकाता नाइटराइडर्सका सह-मालिक हुन् । सन् २०१२ मा एमसीएले वानखेडे क्रिकेट मैदानमा उनीमाथि ५ वर्ष लामो प्रतिबन्ध लगाएको थियो ।

मुम्बई क्रिकेट एसोसिएसनको आइतबार भएको बैठकले शाहरुखको खानको पक्षमा निर्णय गरेको हो ।

१६ मे २०१२मा कोलकाता नार्इट रार्इडर्स र र मुम्बई इन्डियन्सबीचमा भएको आईपीएल म्याचपछि बाहिरिने क्रममा शाहरुखले वानखेडे स्टेडियमका एक सुरक्षाकर्मी एमसीएका अधिकारीमाथि गालीगलौज र दुर्व्यवहार गरेको आरोप लागेको थियो ।

त्यपछि उनलार्इ वानखेडे क्रिकेट मैदानमा पस्न पाँच वर्षको प्रतिबन्ध लगाइएको थियो । अघिल्लो साल एमसीएले शाहरुखमाथि लगाएको प्रतिबन्ध अस्थायीरुपमा हटाएको थियो ।

सन् २०१२ मा वानखेडेमा विवाद गर्दै शाहरुख

0 comments

Write Down Your Responses

Powered by Blogger.