त्रिभुवन विमानस्थलबाट ६ किलो चरेससहित ३ पक्राऊ

काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट ६ किलो चरेस सहित तीन जना पक्राउ परेका छन् । जेट एयरलाइन्सको विमान चढेर भारत जान लागेकाहरुको साथबाट चरेस बरामद भएको हो । पक्राउ परेकाहरुबारे प्रहरीले केही खुलाएको छैन ।
डिएसपी मित्रबन्धु शर्माले भने, ‘पक्राउ परेका हुन् । यसबारे अनुसन्धान जारी छ । यसको जानकारी पछि दिन्छौं ।’

0 comments

Write Down Your Responses

Powered by Blogger.