चोरी गर्दै डिस्कोमा मस्ती !

chor
२ असोज, काठमाडौं । केही दिनयता राजधानीमा सहकारीहरुमा चोरीको घटना एकपछि अर्को गर्दै बढेपछि प्रहरी हैरान भएको थियो रातिको समयमा लगातार सहकारीहरुमा चोरी भएका थिए । एउटै समूहले त्यसरी चोरी गरेको प्रहरीको अनुमान थियो । तर, उनीहरुलाई पक्राउ गर्न प्रहरीले निकै मेहनत गर्नुपर्‍यो ।
महानगरीय अपराध महाशाखाले गत ३० गते तीनजनाको समूहलाई पक्राउ गर्‍यो । पक्राउ पर्नेमा धादिङका सुवा पोखरेल, अर्जुन नेपाली र नुवाकोटका दीपक गजुरेल रहेको नयाँ पत्रिकामा खबर छ ।
उनीहरु चोरी गर्दै मोजमस्तीमा रमाउने गरेका थिए । ‘चोरीको पैसाबाट हरेक हप्ता डिस्को जाने र ठमेलका होटलहरुमा बस्ने गरेको खुलेको छ,’ डिएसपी मुकुन्द मरासिनीले भने । उनीहरु तीनैजना पहिलोपटक पक्राउ परेका हुन् ।
उनीहरुले आठ स्थानमा चोरी गरेको र अन्य केही स्थानमा प्रयास गरेको प्रहरीले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.