विश्वलाई स्तब्ध पार्यो यो तस्विरले

यो तस्विरले अहिले विश्वको ध्यान खिचीरहेको छ । यो तस्विर अहिले युरोप लगायत विश्वका उत्कृष्ट पत्रिका तथा अनलाइनमा महत्वका साथ प्रकाशन गरिएको छ । “पुरै दुनियालाई चुप गराउने यो उदास तस्विर”, “युरोपले बचाउन सकेन”, “असह्यय यथार्थ”, “जीन्दगी अनि मृत्यु”, “बाँडिएको युरोपको नतिजा” यस्तै यस्तै वाक्यांश यो तस्विर सँगै लेखिएका छन् । यो तस्विर हो तीन वर्षिय बालक एलन कुर्दीको । जो समुद्रको किनारमा मृत अवस्थामा भेटिएका थिए ।



यथार्थमा एलन आफ्नो बाबा आमा र दाइसँग सिरियामा बस्दथे । तर आइएसआइएसको बढ्दो आतंकी प्रभावका कारण एलनका पिता अब्दुलालाई त्यहाँ बस्न निकै कठिनाइ भएको थियो । त्यसैले अब्दुला स–परिवार युरोप छिर्न खोजेका थिए । तर डुंगामा चढेर लुकिछिमी युरोप छिर्ने प्रयास गर्दा डुंगा पल्टियो । अब्दुलाले आफ्नो तीन वर्षिय छोरा एलनलाई बचाउन सकेनन् । एलनको शव समुद्रकिनारमा अर्कोदिन विहान भेटियो ।
एलनको तस्विर त एक उदाहरण मात्र हो यसरि युद्ध तथा गरिबिका कारण युरोप छिर्न चाहने लाखौ छन् । पछिल्लो तथ्यांक अनुसार जनवरि यता मात्रै २ हजार बढीले यसरि ज्यान गुमाएका छन् । शरणार्थीको रुपमा युरोप छिर्न चाहनेप्रति युरोपियन देश उदार नभएका कारण यस्तो भैरहेको छ । लामो समयदेखि यो विषय बहसमा रहेपनि कुनै ठोस निर्णय नहुँदा यसरि हजारौले ज्यान गुमाइरहेका छन् ।

तर एलनको यो तस्विर सँगै अहिले सबै जागेका छन् । अन्तराष्ट्रिय सञ्चारमाध्यमले यो तस्विरलाई निकै महत्वका साथ प्रसारण गरिरहेका छन् । विभिन्न युरोपियन मुलुकका प्रमुख व्यक्तिहरुले यसविषयमा गम्भिर भएर निर्णय गर्नुपर्ने बताइरहेका छन् । आगामि डिसेम्बरमा हुनलागेको युरोपियन युनियनको बैठकमा यस विषयमा ठोस निर्णय गरिने भएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.