विनाकारण भारतमा रोकिए नेपाली विद्यार्थीका पासपोर्ट

काठमाडौं । विदेश अध्ययनका लागि भारतमा रहेका विभिन्न देशका दूतावासहरुमा भिसा आवेदन गरेका नेपाली विद्यार्थीको पासपोर्ट भारतबाट नेपाल नआउँदा विद्यार्थीलाई समस्या सिर्जना गरेको छ ।
भर्नाको समय सकिन लाग्दा पनि पासपोर्ट नआएपछि विद्यार्थीसमेत अन्यौलमा परेको नयाँ पत्रिकामा खबर छ । शैक्षिक परामर्शदाताहरुको संस्था इन्टरनेसनल एजुकेसन रिप्रिजेन्टेटिभ इनिसिइटिभ्स अफ नेपाल (आइरिन) ले भिएफएस इन्डियाबाट नेपाली विद्यार्थीको पासपोर्ट आउन विनाकारण अत्यधिक ढिNepali-passportलाई भएको भन्दै चासो व्यक्त गरेका छन् ।
भिसाका लागि हजारौं नेपाली विद्यार्थीले भारतस्थित क्यानडा, इटाली, फ्रान्स र युकेका दूतावासमा भिसा आवेदन दिएका थिए । तर, यी दूतावासहरुबाट पासफोर्ट वितरणमा अनुमति नदिइएको आइरिनले जनाएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.