दिलशोभाको आमाघरमा बार्सा नेपालद्वारा स्वास्थ्य परीक्षण

काठमाडौं । बार्सा नेपाल नामक एक संस्थाले दिलशोभा श्रेष्ठको आमाघरमा रहेका वृद्धाहरुको स्वास्थ्य तथा दन्त परीक्षण गरेको छ ।
स्पेनिस फुटबल क्लब बार्सिलोनाको फ्यान क्लब बार्सा नेपालले काठमाडौंको रविभवन स्थित दिलशोभा श्रेष्ठको आमा घरमा स्वास्थय शिविर सञ्चालन गरि निःशुल्क स्वास्थ्य तथा दन्त परीक्षण गरेको हो ।
सिविरमा आमाघरमा रहेका २५ जना वृद्धाहरुको स्वास्थ्य तथा द्धन्त परीक्षण गरेको हो ।
ह्याप्पी फेमेली डेन्टल क्लिनिक र बोस ग्रुपको सहयोगमा संचालित शिविरमा वृद्धाहरुलाई निःशुल्क औषधी पनि वितरण गरिएको क्लबका अध्यक्ष सुवास गौलीले जानकारी दिए ।
आमाघरका अधिकांश वृद्धाहरुमा रक्तचाप, जिउ दुख्ने र चिसोका समस्या देखिएको शिविरमा सहभागी डा.वृष्टि पहारीले जनकारी दिइन् ।
आमाघरकी संचालिका दिलशोभा श्रेष्ठले वृद्धाहरु बोल्न नसक्ने तथा उपचार गर्न लैजाने क्रममा समस्या हुने भएकाले नियमित स्वास्थ्य उपचार हुन नसकेको बताइन ।
संचालिका श्रेष्ठले आमाघरमा नियमित सवस्थ्य परीक्षण गरिदिनका लागि इच्छुक संघ संस्थालाई आग्रह पनि गरिन ।
source:BarcaNepal
Photos:BarcaNepal

0 comments

Write Down Your Responses

Powered by Blogger.