बलात्कार पिडीत बाख्राले दियो अदालतमै पुगेर बयान


पीडितले अदालतमा उपस्थित भएर आरोपीविरुद्ध बयान दिएको त तपाई हामीले देख्दै र सुन्दै आएका हौं । तर, बलात्कारको शिकार भएको बाख्राले अदालतमा पुगेर बयान दिनसक्छ ? केन्याको डाबासो, किलिफी काउन्टीमा अदालतले बाख्रालाई बलात्कार गरेको आरोपमा एक व्यक्तिलाई १० वर्षको जेल सजाय सुनाएको छ । सजाय दिने क्रममा बाख्राले आरोपीलाई चिनेको समाचारमा जनाइएको छ ।
अदालतको एक कुनामा उपस्थित २८ वर्षीय कटाना किसाओ गोनालाई बाख्राले लगातार हेरेको थियो । मुख्य अभियोजक जिम्मी किमारुका अनुसार २५ नोभेम्बरमा गोजाले बाख्रालाई झाडीमा लगेर बलात्कार गरेका थिए । चराउन लैजाने क्रममा घाम भएपछि मालिक साराले बाख्रालाई झाडीमा बाँधेर केहीपर आराम गरेका थिए । त्यही बेला गोजाले बाख्रासँग दुराचार गरेका हुन् । प्रत्यक्षदर्शीले सारालाई भनेपछि गोनालाई पक्राउ गरेर स्थानीय प्रहरीसमक्ष बुझाइएको थियो । अदालतले फैसलापछि गोजाले भने आफ्नो पत्नी विकलांग भएको र आफूमा निर्भर भएको भन्दै सजाय कम गर्न आग्रह गरेका थिए । तर, न्यायाधीशले उनको माग अस्वीकार गरेका छन् ।

0 comments

Write Down Your Responses

Powered by Blogger.