नेल्सन मण्डेला रहेनन् : एक युगको अन्त्य

२१ मंसिर, काठमाडौं । दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको निधन भएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा प्रभावशाली राजनीतिज्ञ मण्डेलाको ९५ वर्षको उमेरमा निधन भएको हो । सेप्टम्बरमा अस्पतालबाट डिस्चार्ज भएपछि उहाँको घरमै उपचार हुँदै आएको थियो । दक्षिण अफ्रिकी राष्ट्रपति ज्याकब जूमाले राष्ट्रिय टेलिभिजनमा एक वयानमा भन्नु भएको छ–हाम्रो देशले आफ्नो सबैभन्दा महान सपुत गुमाएको छ ।’ उहाँले भन्नुभयो–‘नेल्सन मण्डेलाले हामीलाई एकजुट बनाउनुभयो । अब हामी सबै मिलेर उहाँको विदाई गछौं । तबसम्म हाम्रो राष्ट्रिय झण्डा झुक्नेछ ।’ मण्डेलाको निधनप्रति विश्वभरका नेताहरुले पनि शोक व्यक्त गरेका छन् । मण्डेलाले रंगभेदविरुद्धको आन्दोलनको नेतृत्व गर्नु भएको थियो, जसका लागि उहाँलाई २७ वर्षसम्म जेल सजाय भएको थियो । १९५६ मा मण्डेलामाथि देशद्रोहको आरोप लागेको थियो भने १९६४ मा आजीवन कारावास सजाय भएको थियो । मण्डेला जेल गएपछि विश्वभरमा रंगभेदविरुद्धका आन्दोलनको एक प्रतिक बन्नुभयो । मण्डेला १९९० मा जेलबाट छुट्नुभयो भने सन् १९९३ मा नोेबेल शान्ति पुरस्कारबाट सम्मानित गरिएको थियो । उहाँ १९९४ मा देशको पहिलो अश्वेत राष्ट्रपति बन्नुभयो । ५ वर्ष राष्ट्रपति बनेपछि पद छाड्नु भयो र २००४ मा सार्वजनिक जीवनबाट अबकास दिनु भएको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.