सुटिङ नहुँदा झन् मालामाल

भाग्यमानीको भूतै कमारो भनेझैं भएको छ, बलिउडकी बार्बी कटि्रना कैफलाई । रणवीर कपुरसँगको प्रेमसम्बन्ध अझै खुलस्त नभइरहेको बेला आफूलाई सिंगल दाबी गरिरहेकी अभिनेत्री यतिबेला अप्रत्यासित रूपमा बिदा मनाइरहेकी छन् ।
रणवीरसँगको डेटबाट त छुट्टी मिलेकै थियो अब उनलाई फिल्मको सुटिङबाट पनि फुर्सद पाएकी छन् । खासमा उनी यति बेला फिल्म 'ब्याङब्याङ' को सुटिङ सेटमा व्यस्त हुनुपर्ने थियो ।
अहिलेकी हटकेक कटि्रना एकाएक फुर्सदिली हुनुको कारण भने को-स्टार ऋतिक नै हुन् । आफू सुपरम्यान रहेको फिल्म 'क्रिस ३' व्यावसायिक रूपमा सफल भएपछि ऋतिक लामो समयदेखि टाउको दुखाइको उपचारका लागि अमेरिका उडेपछि कटि्रनाका लागि समय उब्रेको हो । फिल्मको सुटिङ रोकिएपछि यसको फाइदा भने विज्ञापन एजेन्सीहरूले उठाएका छन् । कटि्रनाले पनि यति बेला एकपछि अर्को कमर्सियल खेलेर छोटो समयमै धेरै आम्दानी गरिरहेकी छन् । छुट्टी मनाउन परिवारसाथ लन्डन गएकी कटि्रना विज्ञापन खेल्नकै लागि यति बेला मुम्बई फर्किएकी छन् । त्यसपछि उनी फेरि अर्को विज्ञापन खेल्न लगत्तै दुबई उड्ने भएकी छन् । नायक/नायिकाहरू प्रायः यस्ता विज्ञापनबाट छोटो समयमै मनग्गे अर्थोपार्जन गर्न माहिर हुन्छन् । यसपालि कटि्रनाले छुट्टीलाई मज्जैले उपयोग गरिरहेकी छन् । 'जिन्दगी ना मिलेगी दोबारा' हिट भएपछि ऋतिक र कटि्रना 'ब्याङब्याङ' मा दोहोरिन लागेका हुन् । यो फिल्म टम क्रुज र क्यामरुन डियाज अभिनीत 'नाइट एण्ड डे' को रिमेक हो ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.