भ्यालेन्टाइनको बिरोधमा एक घण्टामा २० लाख ब्रा बिक्रि
चीनमा
एक अनलाइन शपिङ वेबसाइटको माध्यमबाट एक घण्टामा २० लाख ब्रा बेचिएको छ ।
यदि यसको थुप्रो लगाउने हो भने सगरमाथा भन्दा तीन गुणा अग्लो हुनसक्ने शपिङ
वेबसाइट ताओबाओले दावी गरेको छ ।
चीनको सबैभन्दा ठूलो शपिङ वेबसाइट
ताओबाओका अनुसार यो दिन वर्षको सबैभन्दा व्यस्त दिन बनेको छ । ११ नोभरम्बर
चीनको भ्यालेन्टाइन विरोध दिवस अर्थात सिंगल डे को रुपमा मनाइन्छ । यो
दिनमा चीनमा एक्लै रहेका मानिसहरु खुसी मनाउँछन् । उनीहरु यो दिन ताओबाओ
लगायतका अनलाइन शपिङमा विताउँछन् । अधिकांशले यो दिन मूल्यमा आधा छुट दिएका
थिए ।
टीमल डट कममा मध्यरातपछि ६ मिनेटमा मात्र
१६.४ करोड डलरको कारोबार भएको बीबीसीले जनाएको छ । पछिल्लो दिनमा
विवाहितहरुले पनि सिंगल डे मनाउने गरेका छन् । अनलाइन शपिङ गर्न सक्नेहरुले
आफूलाई लडाई जितेको सिपाहीको रुपमा लिने गर्छन् ।
0 comments
Write Down Your Responses