चार किलो चरेससहित दुई महिला पक्राउ


३० मंसिर, दाङ । चार किलो लागू औषध चरेससहित दाङमा दुई महिला पक्राउ परेका छन् । विशेष अनुसन्धान टोलीले रुकुम काँक्रि-३ घर भई हाल घोराही नगरपालिका-६ मा डेरा गरी बस्ने ३५ बर्षीया धनराशी पुन र रुकुम काँडा गाविस ३ घर भई हाल घोराही नगरपालीका ६ मा बस्दै आएका २५ बर्षीया बिष्णु पुनलाई ४ किलो २ सय ग्राम चरेससहित आइतवार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ । घोराहीको आर्मी व्यारेक नजिकैबाट पक्राउ परेका ति महिलाहरुको बारेमा अनुसन्धान सुरु गरिएको दाङ प्रहरी प्रमुख एसपी शरदकुमार खत्रिले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.