राउटेलाई रेखाको चुम्बन, राउटे बच्चा पाल्ने भन्दै थापा जंगलमै बस्ने

नायिका रेखा थापा यतिबेला सामाजिक कार्यक्रम सक्रिय रुपमा लाग्न थालेकी छिन् । नेपाली संचारमाध्यममा सधै नै विभिन्न कार्य गर्दै चर्चामा रहने रेखा यतिबेला समाजसेवामा अग्रसर देखिएकी छिन् ।हङकङ पुगेर राउटेका बच्चाहरुको आमा बन्ने उद्घोष गरेकी रेखा हाल सुर्खेत पुगेकी छिन् । रेखाले आफ्नै नाममा ‘रेखा थापा फाउन्डेशन’ खोलेर समाजसेवा सुरु गरेकी हुन् ।
सुर्खेतको बिकट गाउँमा बसोबास गर्दै आएका राउटेहरुको बस्तीमा पुगेर उनले राउटेका ५२ परिवारलाई ५२ बोरा चामल र केही नगद सहयोग गरेकी छिन् । रेखाको यो कामको प्रशंसा गर्दै राउटेहरुले उनलाई पनि आफ्नै सन्तान भएको बताएका थिए । रेखा थापा फाउन्डेशनको टोलीसँगै रेखा आज डडेल्धुरा पुगेर त्यहाँका राउटेहरुसँग भेट गर्ने कार्यक्रम छ ।
रेखा थापा फाउन्डेशनले ५ देखि ९ बर्षसम्मका बालबालिकाहरुलाई काठमाण्डौ ल्याएर शिक्षा तथा पालनपोषणको व्यवस्था गर्ने भएको छ । जसका लागि सुरुवातमा ४ जना बच्चाहरु काठमाण्डौ ल्याउने तयारी गरिएको छ ।
जसका लागि नायिका रेखा थापाले सोमबार २४ घन्टा राउटेहरुसँग जंगलमै बिताउने तयारी गरेकी छिन् । राउेट बच्चाहरुलाई शिक्षा र पालनपोषणको व्यवस्था गर्नुका साथै उनीहरुको आमा बनेर रेखाले नागरिकता दिलाउने उद्देश्य समेत लिएकी छिन् । रेखाले आफ्नो चलचित्र ‘काली’को हङकङ प्रदर्शनबाट उठेको रकम नै हाल यो फाउन्डेशनका लागि उपलब्ध गराएर काम अगाडी बढाएकी हुन् ।

,

0 comments

Write Down Your Responses

Powered by Blogger.