नेपाली क्रिकेटलाई ३ करोडको प्रयोजन


३० मंसिर, काठमाडौं । नेपाली क्रिकेट टोलीलाई सिङ्गा स्टिल्स अन्तरगतको ब्राइट स्पोट्र्सले ३ करोडको प्रयोजना गर्ने भएको छ । आगामी ३ वर्षका लागि भएको प्रयोजन सम्वन्धी सम्झौतामा आइतबार हस्ताक्षर भएको छ । सम्झौता अनुसार ब्राइट स्पोट्र्सले नेपाली क्रिकेट टोलीलाई हरेक वर्ष १ करोड बराबरको किट्स उपलब्ध गराउनेछ । नेपाली राष्ट्रिय क्रिके टोली, यू-१९ र महिला क्रिकेट टोलीको जर्सीमा मुख्य प्रायोजक ब्राइट स्पोट्र्स हुनेछ । सम्झौता बंगलादेशमा हुने ट्वान्टी-२० विश्वकप त्रिकेटबाट लागू हुनेछ । यसैबीच सरकारले विश्वकपमा छनोट भएको नेपाली टोलीलाई सोमबार पूर्व घोषित पुरस्कार दिने भएको छ । सरकारले १५ खेलाडीलाई जनही १० लाख, प्रशिक्षकलाई ५ लाख र व्यवस्थापकलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.