बैंकलाई डुबाएर नातेदारलाई ऋण लगानी


१ पुस, काठमाडौं । वाणिज्य बैंक तथा वित्तीय संस्थाका सञ्चालकहरुले ‘नचाँहिदो जोखिम मोलेर नातेदार तथा निकटका व्यक्तिलाई ऋण दिने गरेकाले समग्र बैंक क्षेत्र जोखिममा परेको’ भन्दै विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले राष्ट्र बैंक लगायत नियमन निकायहरुलाई सचेत गराएको छ । बैंक र आइएफएम टोलीले नेपालको बैंकिङ क्षेत्रबारे गरेको संयुक्त अध्ययनपछि धेरैजसो बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दा संस्थाको हतिभन्दा नजिकका व्यक्तिलाई बढी प्राथमिकता दिँदै आएको ठहर गरेको छ । यस्तो प्रवृत्ति तत्काल नरोके वित्तीय क्षेत्रको स्थिरतामै प्रश्न उठ्ने उसले चेतावनी दिएको छ । सञ्चालक तथा उपल्लो तहका कर्मचारीले संस्था नै आर्थिक रुपमा धरासायी हुने गरी ऋण दुरुपयोग गरेका धटना लगातार सार्वजनिक भइरहेका बेला अन्तर्राष्ट्रिय टोलीले नियमन निकायहरुलाई सतर्क गराएको नागरिक दैनिकमा खबर छ । बैंक तथा वित्तीय क्षेत्रमा मात्र नभएर कर्मचारी सञ्चय कोष र नागरि लगानी कोष जस्ता गैर बैंकिङ क्षेत्रमा पनि ‘कजा प्रणाली अपारदर्शी भएको टोलीले ठहर गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.