दोलखा भीमसेनलाई पसिना आयो !

दोलखा । दोलखा भीमसेनलाई आइतबार दिउँसो पसिना आएको छ । दिउँसोको राजपूजा गर्दा गर्दै पसिना आएपछि मन्दिरमा स्थानीयबासीको भीड लागेको थियो । पूजारीहरुले भीमसेनलाई पसिना आएको खबर गरेपछि स्थानीयहरुले घण्ट, शंख र नगराहरु बजाएर लगातार पूजा गरेका छन् । भीमसेनलाई पसिना आउँदा अनिष्ट हुने भन्दै पूजारी र स्थानीयवासीले पूजअर्चना गरेका हुन् । आज पूजाको पालो परेका गुठियार डेविड जोशीका अनुसार दिउँसो २: ४५ बजेदेखि पसिना आएको थियो भने मूर्तिको रङ समेत फेरिएर कालो बनेको थियो । लगातार ३ घण्टाको पूजापछि पसिना आउन छाडेको छ । विंसं. १९९० सालको भुकम्प र २०६२/६३ को जनआन्दोलनका बेला पनि दोलखा भीमसेनलाई पसिना आएको थियो । राजतन्त्र हुँदा दोलखा भीमसेनलाई पसिना आएरमा राजा आफैं मन्दिरमा पुगेर पुजाअर्चना गर्ने चलन थियो । अहिले स्थानीय प्रशासनले दोलखा भीमसेनलाई पसिना आएकोबारे राष्ट्रपतिको कार्यालयलाई जानकारी गराएको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.