कांग्रेस एमालेलाई भोट हाल्न गरेको सर्कुलरले बैद्य माओवादीमा चर्को विवाद


काठमाडौं । संविधानसभा निर्वाचनमा एमाओवादीलाई हराउन गरेको मतदानबारे नेकपा-माओवादीको केन्द्रीय समितिमा चर्को विवाद भएको छ । समानुपातिकमा मतदान नगर्न र प्रत्यक्षतर्फ एमाओवादीमा उम्मेद्वारलाई हराउने गरी भोट दिन नेवाः राज्य समितिका इन्चार्ज दिनेश शर्मा र ताम्सालिङ राज्य समितिका इन्चार्ज सूर्य सुवेदीले सर्कुलर जारी गरेका थिए । केन्द्रीय सदस्य शर्मा र सुवेदीले भने पोलिटव्युरोको निर्णयअनुसार आफूहरुले सर्कुलर जारी गर्दा बनेको राजनीतिक शक्ति सन्तुलन पार्टीहितमै रहेको तर्क गरेका थिए । एक नेताका अनुसार केन्द्रीय समिति बैठकमा अनिल शर्मा, माइला लामालगायतले निर्वाचन सशक्त बहिष्कार गर्ने पोखरा बैठकको भावनाविपरीत भोट खसाल्न सर्कुलर जारी गर्नु आपत्तिजनक भन्दै प्रतिवाद गरेका थिए । केन्द्रीय सदस्य निरु दर्लामीले भने निर्देशनअनुसार सिन्धुलीमा कांग्रेस उम्मेद्वारलाई मत माग्नुपरेको भन्दै पीडा व्यक्त गरेकी थिइन् । अनिल शर्माले मतदान गर्न कार्यकर्तालाई निर्देशन दिएको प्रमाण नै बैठकमा प्रस्तुत गरेको अन्नपूर्ण पोस्टमा खबर छ । मतदानका पक्षमा उभिएका शर्मा, सुवेदी, केन्द्रीय सदस्य अमृता थापामगर र दिलीप प्रजापति भने काठमाडौं उपत्यकामा बहिष्कार अभियान सशक्त बनाउनपुपर्ने पक्षमा उभिएका लामामाथि खनिएका थिए । बैठकमा कि निर्वाचन बहिष्कार गर्नेमाथि कारबाही गर कि त कांग्रेस र एमालेलाई भोट हाल्लने माथि कारबाही गर भनेर उठेका प्रश्नको जवाफ बैद्यले दिएनन् । बैठकले राजनीतिक कार्यदिशा र संगठनको विषय टुंगो लगाउन असारमा राष्ट्रिय सम्मेलन गर्ने निर्णय पनि गरेको छ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.