बाबुको हत्या आरोपमा छोरा पक्राउ


रौतहटको लक्ष्मीनिया २ विजयपुर टोलमा गएराति एक वृद्धको रहस्यमय मृत्यु भए पछि मृतकका छोरालाई प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय ७० वर्षका वृद्ध सुकदेव दास तत्माको गएराति कुटपिटबाट ज्यान गएको प्रहरीले जनाएको छ । घरायसी विवादका क्रममा २८ वर्षका छोरा वीरेन्द्र दास तत्माले आफ्नै बाबु सुकदेवलाई निर्घात कुटपिट गरेका थिए । छोरा कुटाईबाट नै वृद्ध पिताको ज्यान गएको हुन सक्ने आशंकामा प्रहरीले वीरेन्द्रलाई नियन्त्रणमा लिएको छ । स्थानीयहरुले पनि राति बाउ छोरा बाझा बाझ गरेको र पछि वीरेन्द्रले नै बाबुलाई कुटेको बताए पछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । घटनाका बारे अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय लक्ष्मीनियका प्रहरी निरीक्षक जीवन गिरीले जानकारी दिनुभयो ।

0 comments

Write Down Your Responses

Powered by Blogger.