स्मार्टफोनमा ब्याट्री सकिएर हैरान हुनुहुन्छ ? यसरी बचाउनुहोस्

स्मार्टफोनको मूल्य कम हुँदै जाँदा यसका प्रयोगकर्ताको संख्या पनि उच्च गतिमा बढिरहेको छ । नयाँ-नयाँ फिचरसँगै निःशुल्क प्रयोग गर्न पाइने एप्सले स्मार्टफोनको संसार नै बेग्लै बनाइदिएको छ ।
तर स्मार्टफोनमा ब्याट्री टिकाइराख्न भने निकै कठिन छ । बिहान चार्ज गरेको मोबाइलले केही घण्टामै ब्याट्री सकिन लागेको चेतावनी दिन थालिहाल्छ । हाम्रोजस्तो लोडसेडिङयुक्त मुलुकमा भनेका बेला चार्ज गर्न पाउनु पनि कहाँ ?
battery-saverएप्सको दुनियाँमा यी सवै समस्याको समाधान छ । तपाई एन्ड्रोइड अपरेटिङ सिस्टमको स्मार्टफोन चलाउनुहुन्छ भने एउटा एप्स इन्स्टल गर्नासाथ तपाईको यो समस्या समाधान हुन्छ ।
‘डु ब्याट्री सेभर’ यस्तो एउटा एप्लिकेसन हो जसले तपाईको मोबाइलको प्रयोगको प्राथमिकताअनुसार सिस्टम संचालन गरि ब्याट्री जोगाउन मद्दत गर्छ । तपाईले बिभिन्न मोडअनुसार यसको सेटिङ गर्न सक्नुहुन्छ । जुनबेला तपाईलाई मोबाइल चलाउनुछैन, त्यसबेला यो एप्सले तपाईको मोबाइलको ब्याट्री खपत गर्ने धेरैजस्तो फङसनलाई निस्त्रिmय तुल्याइदिन्छ ।
जस्तो जनरल मोडमा राख्दा सवै मोवाइल फिचरले काम गर्छन भने लङ मोडमा राख्दा कल र एसएमएसबाहेक सवै फिचर निस्त्रिmय हुन्छन् । यदि तपाईले रातको समयमा स्लिप मोडमा राख्नुभयो भने अलार्म र घडीबाहेक लगभगसवै फिचर बन्द रहन्छन् । यस्तै कस्टुम सेटिङमार्फत् प्रयोगकर्ताले आफुले चाहेको एप्स र फिचर अनअफ गर्नेगरी नयाँ मोड सिर्जना गर्न सक्छन् ।
यो एप्सले तपाईको मोबाइलमा कुन डिभाइस र एप्सले कति पावर खपत गरिरहेको छ भन्ने ग्राफ नै देखाइदिन्छ । एप्स निर्माणकर्ता डु एप्स स्टुडियोको दावी अनुसार यो एप्सले तपाईको मोबाइलको ब्याट्रीलाई ५० प्रतिशतसम्म जोगाइदिन्छ ।
एप्स प्रयोगकर्ताले अहिलेसम्म करिव २ करोड ५० लाखले यो एप्स डाउनलोड गरिसकेको जनाएको छ । गुगल प्ले स्टोरमा यो एप्सले ४.७ स्टार पाएको छ ।
यसका अलावा गुगल प्ले स्टोर एप्पल स्टोरमा धेरै ब्याट्री सेभ गर्ने एप्लिकेसनहरु निःशुल्क डाउनलोडका लागि उपलब्ध छन जहाँ तपाईले नयाँनयाँ फिचरसाथ सेवा उपभोग गर्न पाउनुहुनेछ ।

0 comments

Write Down Your Responses

Powered by Blogger.